वीरगञ्जमा न्यु मानोकामना जनरल स्टोर्सद्वारा भव्य तीज कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज, भदौ २ 

वीरगञ्जस्थित न्यु मानोकामना जनरल स्टोर्सका सञ्चालक सज्जन कुमार अग्रवालको आयोजनामा सोमबार साँझ होटल कलार्कमा विशेष तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रममा पुर्व उपमेयर शान्ती देवी कार्की, प्रदेशसभा सदस्य बिना देवी शर्मा, वरिष्ठ ब्युटिसियन गुडि जोशीलगायतको विशेष उपस्थिति रहेको थियो। मारवाडी समुदायका महिलाहरूसहित विभिन्न समुदायका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा परम्परागत गीत–संगीत, नृत्य प्रस्तुति तथा रंगीचंगी पोशाकले तीजको उल्लासमय वातावरण सृजना भएको थियो।

यस अवसरमा पुर्व उपमेयर शान्ती देवी कार्कीलाई दोस्ला ओढाइ सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बिना देवी शर्माले तीजलाई नारीहरूको आत्मबल, समानता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने पर्वका रूपमा व्याख्या गर्दै यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव र एकतालाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिन्।

आयोजक सज्जन कुमार अग्रवालले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सामाजिक–सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए।

कार्यक्रममा सहभागी महिलाहरूले तीजलाई सामाजिक भेटघाट, संस्कृति संरक्षण र मनोरञ्जनको माध्यमका रूपमा मनाउन पाउँदा खुशी व्यक्त गरेका थिए।

Scroll to Top