वीरगञ्जका आदित्य शाक्य राष्ट्रिय फुटबल टिममा चयन

Spread the love

वीरगञ्ज, भदौ १३ 


वीरगञ्जमा जन्मी, यहीँ शिक्षा प्राप्त गर्दै खेलकुदमा निरन्तर सक्रिय रहँदै आएका आदित्य शाक्यले आफ्नो लगन, दृढता र मेहनतको बलमा नेपालको सिनियर फुटबल टिममा स्थान बनाउन सफल भएका छन्।

उनको चयनले वीरगञ्ज मात्रै नभई सम्पूर्ण देशकै गौरव बढाएको छ। आदित्यका पिता ऋतु शाक्य र काका घृष्म शाक्य तथा कृष्ण शाक्यलाई फुटबल प्रेमीहरूले राम्ररी चिन्छन्। अब आदित्यले पनि परिवारको नाम उजागर गर्दै राष्ट्रिय स्तरमा उचाइ हासिल गरेका छन्।

स्थानीय खेलकुद परिवारले आदित्यलाई बधाई दिँदै उनको सफलताको प्रसंशा गरेका छन्। वीरगञ्जका खेलप्रेमीहरूले यो उपलब्धिलाई वीरगञ्जमै हुर्केका युवाहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।

Scroll to Top