बारा–३ मा रास्वपाका उम्मेदवार अरविन्द शाह चुनावी अभियानमा सक्रिय

Spread the love

बीरगञ्ज , माघ ११

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अरविन्द शाहले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।

उनले क्षेत्र नम्बर ३ अन्तर्गतका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा भलाकुसारी गर्दै समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

घरदैलो अभियानका क्रममा शाहले स्थानीय जनताको समस्या, अपेक्षा र सुझाव सुन्दै परिवर्तन र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अभियानले क्षेत्रका मतदातामाझ उत्साह बढाएको स्थानीयको भनाइ छ।

Scroll to Top