वीरगञ्जका तेज शमशेर जबरा रास्वपामा प्रवेश, मेयर दाबेदारीबारे चर्चा सुरु

Spread the love

वीरगञ्ज , वैशाख १७

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी तेज शमशेर जबरा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनले पार्टी सभापति रवि लामिछानेको निवासमा पुगेर औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

केही दिनअघि वीरगञ्जमा स्वतन्त्र रूपमा सक्रिय रहँदै आएका जबरा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको समर्थनमा र्‍याली निकालेर चर्चामा आएका थिए। त्यसयता उनले वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने संकेतसमेत गर्दै आएका थिए।

रास्वपामा प्रवेश गरेपछि जबराले सामाजिक सञ्जालमार्फत फोटो तथा स्टाटस सार्वजनिक गरेका छन्। त्यसपछि फेसबुक लगायत सामाजिक सञ्जालमा उनको सम्भावित मेयर दाबेदारीबारे विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

वीरगञ्जमा पछिल्लो समय रास्वपाको प्रभाव विस्तार हुँदै गएको अवस्थामा मेयर पदका आकांक्षीहरूको संख्या पनि बढ्दै गएको देखिन्छ। यसले स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ।

Scroll to Top