फर्मा क्लब वीरगञ्ज को आयोजनामा ‘फर्मा प्रिमियर लिग’ दोस्रो संस्करण सुरु

Spread the love

वीरगञ्ज , जेष्ठ ३

फर्मा क्लब वीरगञ्ज र नेपाल फार्मास्युटिकल मधेस प्रदेश को संयुक्त आयोजनामा ‘फर्मा प्रिमियर लिग (पीपीएल)’ को दोस्रो संस्करण शनिबारदेखि वीरगञ्जस्थित ज्ञानदा एकेडेमी खेलमैदानमा सुरु भएको छ ।

औषधि क्षेत्रका पेशेवरहरूबीच आपसी सम्बन्ध, सहकार्य तथा सञ्जाललाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको लिगको उद्घाटन औपचारिक कार्यक्रमबीच सम्पन्न गरिएको हो ।

उद्घाटन कार्यक्रममा औषधि व्यवस्था विभाग वीरगञ्जका शम्भु साह, फार्मा क्लब वीरगञ्जका अध्यक्ष निरज कुमार गिरी, उपाध्यक्ष रमन भुरेर यादव, नेपाल फार्मास्युटिकल एसोसिएसन मधेश प्रदेशका अध्यक्ष शशिकान्त ठाकुर, सचिव युगल किशोर शरण तथा कोषाध्यक्ष आशुतोष चौरसियालगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगितामा औषधि उद्योगसँग सम्बन्धित १० वटा कम्पनीका टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । लिगलाई म्याग्नस फर्मा र ज्ञानदा एकेडेमीले मुख्य प्रायोजन गरेका छन् ।

आयोजकका अनुसार फर्मा प्रिमियर लिगले औषधि क्षेत्रका व्यवसायी, प्रतिनिधि तथा संस्थाहरूबीच पेसागत सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै खेलकुदमार्फत सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Scroll to Top