वीरगञ्ज, जेठ १९
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पस सञ्चालक समितिको २०८३ जेठ १६ गते सम्पन्न बैठकले नयाँ पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो।
क्याम्पसद्वारा जारी सूचनाअनुसार पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा डा. रामऔतार खेतान चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा हरि प्रसाद गौतम तथा कोषाध्यक्षमा सुरेश कुमार रुंगटा चयन भएका छन्।
समितिका सदस्यहरूमा बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र किशोरी राय रहेका छन्। साथै जयप्रकाश खेतानलाई समितिको सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ।
क्याम्पस प्रशासनले नवगठित सञ्चालक समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै संस्थाको समग्र प्रगति र गुणस्तरीय शिक्षाको प्रवर्द्धनमा समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको जनाएको छ।
क्याम्पसले शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ सञ्चालक समिति गठन भएको जानकारी गराउँदै नवगठित समितिको सफल कार्यकालको शुभकामना व्यक्त गरेको



