नेकपाका मधेस प्रदेश कमिटी सदस्य सन्तोष पटेल रास्वपामा प्रवेश

Spread the love

वीरगञ्ज , कार्तिक ५

नेकपा (माओवादी केन्द्र) निकट वाईसीएल नेपालका केन्द्रीय सदस्य तथा नेकपाको मधेस प्रदेश कमिटी सदस्य सन्तोष पटेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका पटेलले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन् । उनले अब रास्वपामार्फत राजनीतिक गतिविधिलाई अगाडि बढाउने भएका छन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र राजनीतिक परिवर्तनका मुद्दालाई प्राथमिकतामा राख्दै आएका पटेलले जनताले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्ने चाहना व्यक्त गरेका छन् ।

लामो समयदेखि राजनीतिक गतिविधिमा संलग्न पटेलको रास्वपा प्रवेशलाई उनको राजनीतिक यात्रामा नयाँ मोडका रूपमा हेरिएको छ । रास्वपामार्फत जनताका समस्या उठाउने, सुशासनका पक्षमा आवाज बुलन्द गर्ने र परिवर्तनका एजेन्डालाई अघि बढाउने उनको लक्ष्य रहेको बताइएको छ ।

पटेलको पार्टी प्रवेशसँगै मधेस प्रदेशमा रास्वपाको सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिमा कस्तो प्रभाव पर्छ भन्ने विषय चासोको रूपमा रहेको छ ।

Scroll to Top