वीरगञ्ज–१४ मा जनतासँग संवाद गर्दै तेज सम्शेर जबरा, मेयरको उम्मेदवार बन्ने चर्चा

Spread the love

वीरगञ्ज , कार्तिक ७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तेज सम्शेर जबराले वीरगञ्ज महानगरपालिका वडा नं. १४ मा आयोजित संवाद कार्यक्रममा सहभागी हुँदै स्थानीयवासीका समस्या, गुनासा र समाधानका उपायबारे प्रत्यक्ष छलफल गरेका छन्।

कार्यक्रममा जबराले स्थानीय जनतासँग भेटघाट गर्दै उनीहरूका समस्या र अपेक्षाबारे जानकारी लिएका थिए। जनताका गुनासा सुन्ने र सम्भावित समाधानका विषयमा छलफल गर्ने उद्देश्यले आयोजित संवाद कार्यक्रमले स्थानीय समस्या पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, आगामी स्थानीय तहको निर्वाचनमा रास्वपाले टिकट दिएमा जबरा वीरगञ्ज महानगरपालिकाको प्रमुख (मेयर) पदमा चुनाव लड्ने चर्चा पनि चल्न थालेको छ। यद्यपि, उनको उम्मेदवारीबारे पार्टीबाट औपचारिक निर्णय सार्वजनिक भइसकेको छैन।

युवा नेता जबरा वीरगञ्जको विकास, स्थानीय समस्या समाधान र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिने नेताका रूपमा चिनिन चाहन्छन्। महानगरको विकास र जनअपेक्षाका विषयमा स्पष्ट धारणा राख्ने युवा नेतामध्ये उनलाई पनि एकका रूपमा हेरिएको छ।

Scroll to Top