वीरगञ्ज, कात्तिक ९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ को आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नं. ३० अन्तर्गत प्रसोतीपुरमा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।
रास्वपा पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति तेज शमशेर जबराको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा, आवश्यकता तथा अपेक्षाबारे छलफल गरिएको थियो।
कार्यक्रममा रास्वपाका क्षेत्रीय सचिव चन्दन पण्डित, वडा नं. ३० का सभापति दीनानाथ साह, वडा समिति सदस्यहरू, वडा नं. ७ का सभापति सुमित चौरसिया, दीपेन्द्र मण्डललगायत स्थानीय नेता, कार्यकर्ता तथा पार्टी समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
जनसंवादका क्रममा स्थानीयवासीका समस्या र आवश्यकताबारे जानकारी लिँदै जनताको आवाजलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो। साथै, स्थानीय समस्याको पहिचान गरी जनतासँग निरन्तर सम्पर्क र संवाद कायम राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक तथा स्थानीयवासीप्रति आयोजक पक्षले आभार व्यक्त गरेको छ।


