बजार छप्कैयामा कांग्रेसका मेयर प्रत्याशी विजय सर्राफको चिया संवाद, स्थानीय समस्याबारे छलफल

Spread the love

वीरगञ्ज , कार्तिक १८

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, बजार छप्कैयामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका प्रत्याशी विजय सराफले आज कार्यकर्ता भेटघाट तथा चिया संवाद कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा स्थानीय बासिन्दा तथा पार्टीका कार्यकर्ताहरूसँग भेटघाट गर्दै वडाका विभिन्न समस्या, चुनौती र तिनको समाधानका उपायबारे छलफल गरिएको थियो। स्थानीयका गुनासा, आवश्यकता तथा सुझाव सुन्ने उद्देश्यले आयोजित संवाद कार्यक्रममा वडाको विकास र सुधारका विषयमा समेत विचार आदानप्रदान भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका वडा नम्बर ११ का वडाध्यक्ष पदका उम्मेदवार महेश्वर धानु, केन्द्रीय महाधिवेशन प्रतिनिधि कृति सिंह र मिन्टु सिंहलगायत नेपाली कांग्रेसका शुभेच्छुक, नेता–कार्यकर्ता तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमले स्थानीयस्तरमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारणबीच प्रत्यक्ष संवाद तथा आपसी छलफलको अवसर प्रदान गरेको थियो।

Scroll to Top