गिभ नेपालद्वारा निःशुल्क कपडा वितरण कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज, पर्सा 

जेठ ३१

गिभ नेपाल संस्थाको आयोजनामा आज निःशुल्क कपडा वितरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शुशिल साह कानुको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय समुदायका दर्जनौं व्यक्ति लाभान्वित भएका छन्।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त कार्यक्रममा विशेष गरी विपन्न तथा आवश्यकता भएकाहरूलाई लक्षित गरी कपडा वितरण गरिएको हो। कार्यक्रममा सहभागीहरूमध्ये महिलाहरू, बालबालिका तथा जेष्ठ नागरिकलाई प्राथमिकता दिइएको संस्थाले जनाएको छ।

अध्यक्ष साह कानुले कार्यक्रमको उद्देश्य समाजमा सहयोगको भावना बढाउनु रहेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता जनहितका कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

स्थानीय बासिन्दाहरूले गिभ नेपाल संस्थाको यो प्रयासप्रति प्रशंसा व्यक्त गर्दै यस्ता सहयोग कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Scroll to Top