सर्कल अफ केयरद्वारा ट्राफिक प्रहरी कार्यालय पर्सालाई पानी डिस्पेन्सर हस्तान्तरण

Spread the love

वीरगञ्ज, २० जेठ

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध संस्था सर्कल अफ केयर ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी डिस्पेन्सर हस्तान्तरण गरेको छ।


ट्राफिक प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई स्वच्छ र सुरक्षित खानेपानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ। यसबाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको दैनिक कार्यसम्पादनमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ।


हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा सर्कल अफ केयरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा औपचारिक रूपमा पानी डिस्पेन्सर हस्तान्तरण गरिएको हो।


सर्कल अफ केयरले समुदायको आवश्यकता पहिचान गर्दै विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्था र सेवामुखी निकायबीचको सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Scroll to Top