Spread the love

बिरगंज, बैशाख ६ 

बिरगंज जेसीजले आयोजना गरेको “जेसीज सप्ताह २०२५” अन्तर्गत सप्ताहव्यापी विविध कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छन्। छैटौं र सातौं कार्यक्रमका रुपमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा बनभोज कार्यक्रमसँगै यो सप्ताहव्यापी अभियानको समापन गरिएको हो।

मैत्रीपूर्ण फुटसल खेलमा बिरगंज जेसीजका पूर्व अध्यक्षहरू र वर्तमान कार्यसमिति सदस्यहरूबीच प्रतिस्पर्धा भएको थियो। रोचक खेलमा कार्यसमिति टिमले ४-३ को अन्तरले विजयी हात पार्‍यो।

त्यसैगरी सातौं कार्यक्रम अन्तर्गत भुटनदेवी स्थित रमणीय स्थलमा बनभोज कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघ, बिरगंजका अध्यक्ष हरि गौतम थिए। विशिष्ट अतिथिका रुपमा पूर्व अध्यक्षहरू गोपाल केडिया, अनुप अग्रवाल, पशुपति विक्रम शाह, संस्थापक सदस्य उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, गणेशमान श्रेष्ठ, दिवेश मानवसेवा, सञ्चारकर्मी अभिलाष गुप्तालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

बिरगंज जेसीजका अध्यक्ष जेसी सरोज चौरसियाले विशिष्ट पाहुनाहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

कार्यक्रममा पूर्व अध्यक्ष सिनेटर गणेशमान श्रेष्ठ, सिनेटर अशोक गुप्ता, सिनेटर डा. अर्बिन्द श्रेष्ठ, कार्यसमिति सदस्यहरू, मनोनित पदाधिकारीहरू लगायतको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन महासचिव जेसी रबिन्द्र श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य डा. अर्बिन्द श्रेष्ठले प्रस्तुत गरेका थिए।

देशभरका १८७ शाखाहरुले सञ्चालन गरेको जेसी सप्ताह अन्तर्गत आजको दिनको कार्यक्रमले यो अभियानको समापन गरेको हो।

अध्यक्ष चौरसियाले सामाजिक कार्य र आपसी सम्बन्ध प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याइने प्रतिबद्धता जनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *