कलैयाको होटलबाट तीन महिलासहित एक पुरुष नियन्त्रणमा

Spread the love

बीरगंज , असोज १६

बाराको कलैयास्थित विभिन्न होटलमा अवैध यौन व्यवसाय सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरीले एक होटलबाट तीन महिलासहित एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

बसपार्क प्रहरी चौकीका इन्चार्ज बिमलेश यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–१४ स्थित एक होटलमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार होटलमा अवैध यौन गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी तथा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण तथा उनीहरू संलग्न गतिविधिबारे अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ।

Scroll to Top