वीरगंज, २१ साउन

पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना बासिन्दाहरूलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन ऐतिहासिक कदम चालेको छ। गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार विशेष सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार अब जगरनाथपुर गाउँपालिकावासीले नेशनल मेडिकल कलेजमा विभिन्न उपचार सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन्।

मेडिकल कलेजले उपलब्ध गराउने छुट विवरण निम्न प्रकार रहेको छ:

OPD टिकटमा २५%

सामान्य बेड चार्जमा १५%

ICU/NICU/PICU बेड चार्जमा १६%

सर्जरी (मेजर/माइनर) मा ८%

प्याथोलोजी परीक्षणमा १०%

भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, Endoscopy मा ७%

CT Scan/MRI मा ७%

फार्मेसी (OPD) मा १०%

फार्मेसी (IPD) मा १५%

दन्त (Dental) सेवामा ७% छुट

अध्यक्ष यादवले भने, “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

यस प्रकारको सहकार्यले गाउँस्तरमै जनताको जीवनस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply