जितिया पर्बमा नुहाउन गएको पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

Spread the love

बीरगंज , असोज १८

बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५ वर्षीया छोरी चाँदनी पटेल र भोला पटेलकी १६ वर्षीया छोरी निशा पटेलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पोखरीमा डुबेको खबर पाएलगत्तै स्थानीयको सहयोगमा दुवै किशोरीलाई उद्धार गरी तत्काल अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक दुवै किशोरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ।

जितिया पर्वको व्रत तथा खुसीयाली मनाइरहेका बेला भएको यस दुःखद घटनाले देवताल गाउँपालिका–६ सहित स्थानीय समुदाय शोकमा डुबेको छ।

Scroll to Top