वीरगन्ज , जेष्ठ १०
पर्साको धोबिनी गाउँपालिका–४ लंगडीमा सुविधा सम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
एक विशेष समारोहका बीच अनोखी गुप्ताले रिसोर्टको उद्घाटन गरेकी हुन् । पूजापाठसहित सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीयवासी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
रिसोर्टका सञ्चालक सुनिल कुमार गुप्ताका अनुसार ग्रामीण क्षेत्रमा आधुनिक सेवा–सुविधासहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो । उनले विवाह, इन्गेजमेन्ट, जन्मदिन, पार्टी, सामाजिक समारोह तथा मिटिङ–तालिमका लागि आवश्यक बहुउद्देश्यीय सुविधा उपलब्ध रहेको जानकारी दिए ।
रिसोर्टमा म्यारिज हल, तालिम हल, स्विमिङ पुल, खानपान तथा क्याटरिङ सेवा, आरामदायी आवास कक्ष र पर्याप्त पार्किङको व्यवस्था गरिएको छ ।
सञ्चालक गुप्ताले सबै वर्गका सेवाग्राहीलाई लक्षित गर्दै सुलभ शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराइने बताए । उनका अनुसार लंगडी चोकदेखि पूर्वतर्फ निर्माण गरिएको उक्त रिसोर्ट ग्रामीण क्षेत्रमा आधुनिक ढाँचामा निर्माण गरिएको पहिलो सुविधा सम्पन्न संरचनामध्ये एक हो ।
व्यवस्थापन पक्षले अन्य स्थानको तुलनामा कम लागतमा स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।



