विश्व हिन्दू परिषद नेपाल द्वरा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण, पत्रकार दीपक चौरसिया संघमा आबद्ध

Spread the love

वीरगञ्ज, जेठ ९ 

विश्व हिन्दू परिषद् नेपालले शनिबार वीरगञ्जमा आयोजित एक कार्यक्रमबीच नेपाल हिन्दू पत्रकार संघलाई ३० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ। वीरगञ्जस्थित माईस्थान अतिथि सदनको सभाहलमा आयोजित कार्यक्रममा परिषद्ले पत्रकारहरूको सुरक्षा, सहजता र पहिचानलाई लक्षित गर्दै ज्याकेट सहयोग गरेको जनाएको हो।

विश्व हिन्दू परिषद् वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ज्योति रुङ्गटा ले हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियार लाई ज्याकेट हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा उपस्थित संघका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई समेत ज्याकेट लगाइदिएर सम्मान गरिएको थियो।

सोही अवसरमा लामो समयदेखि वीरगञ्जलाई कर्मक्षेत्र बनाएर सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दीपक चौरसिया लाई हिन्दू पत्रकार संघमा आबद्ध गराइएको छ। नवआबद्ध पत्रकार चौरसियालाई संघका अध्यक्ष राजन रौनियार र सचिव राज सराफ ले प्रेस ज्याकेट लगाइदिएर स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ज्योति रुङ्गटाले पत्रकारहरूको भूमिका समाज परिवर्तनमा महत्वपूर्ण रहने उल्लेख गर्दै कार्यक्षेत्रमा सहजता र छुट्टै पहिचानका लागि परिषद्ले सहयोग गरेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले परिषद्लाई धन्यवाद ज्ञापन गर्दै ज्याकेटले पत्रकारहरूको जिम्मेवारी र पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले संगठनमा पत्रकार दीपक चौरसियाको आगमनले संघलाई थप ऊर्जा र मजबुती मिलेको समेत बताउनुभयो।

राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव राज सराफले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Scroll to Top