वीरगन्जमा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण सम्पन्न

Spread the love

वीरगन्ज , जेष्ठ १० 

पर्साको वीरगन्जमा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा अशोक तिवारी रहेका थिए भने विशिष्ट अतिथिमा श्याम बञ्जारा सहभागी रहेका थिए । त्यसैगरी अतिथिहरूमा केसी लामिछाने, दिपेन्द्र चौहान, शम्भु सुमन लगायतको उपस्थिति रहेको थियो ।

अनुशिक्षण कार्यक्रममा पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिता, जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमको विश्वसनीयता तथा पत्रकारको पेशागत मर्यादाका विषयमा प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा प्रशिक्षक केसी लामिछानेले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादनमा अपनाउनुपर्ने सावधानी तथा पत्रकारिताको वर्तमान चुनौतीबारे सहजीकरण गरेका थिए ।

सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Scroll to Top