वीरगञ्ज , जेष्ठ २२
हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जय प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो।
उक्त अवसरमा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गर्दै क्याम्पसको समग्र शैक्षिक विकास, गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले क्याम्पसको हितलाई केन्द्रमा राखी विद्यार्थीमैत्री वातावरण निर्माण, शैक्षिक उत्कृष्टता कायम राख्ने तथा संस्थालाई थप उन्नत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमले पदाधिकारीहरूबीच आपसी परिचय, समन्वय तथा भावी कार्ययोजनाबारे साझा समझदारी विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।



