वीरगञ्ज, भाद्र २
पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा संघीय सांसद माननीय रमेश रिजालले सोमबार पर्सा जिल्लाको वीरगञ्ज–२५ श्रीसिया स्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्नुका साथै बिहानको भोजन सेवामा समेत योगदान गरेका छन्।
आश्रममा पुगेका सांसद रिजालले आश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिक, बेवारिसे तथा असहाय व्यक्तिहरूसँग भेटघाट गर्दै उनीहरूको अवस्था बुझ्ने काम गरेका थिए। भ्रमणको क्रममा उनले आश्रमप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा आफूमार्फत सम्भव हुने सहयोग निरन्तर गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे।
सो अवसरमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, आश्रमका अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारु, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापा, JCI Birgunj का अध्यक्ष सरोज चौरसिया लगायतको विशेष उपस्थिति रहेको थियो।
यसअघि, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका बेला सांसद रिजालले विभिन्न सहयोगी दाताको समन्वयमा आश्रमका लागि एउटा पिकअप गाडी समेत उपलब्ध गराएका थिए।
मानवसेवा आश्रम वीरगञ्जले असहाय, बेवारिसे र विपन्न व्यक्तिहरूलाई उद्धार, आश्रय, भोजन र उपचार उपलब्ध गराउँदै आएको छ।


