प्याब्सन टी–१०मा बिकोन मावि, माउन्ट एडमन्ड र साउथ जोन अग्रस्थानमा

Spread the love

वीरगञ्ज , पौष १२

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत आदर्शनगरस्थित मैदानमा पाँच खेल सम्पन्न भएका छन्।

सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका विद्यालय टोलीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका थिए।

छात्रा समूहतर्फको पहिलो खेलमा बिकोन मावि स्कूलले नवदिप एकेडेमी स्कूललाई ७ विकेटले पराजित गरेको छ। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेकी सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भइन्।

दोस्रो खेल (गर्ल्स) मा माउन्ट एडमन्ड सेकेन्डरी स्कूलले लिटिल फ्लावर सेकेन्डरी स्कूललाई ९ विकेटले पराजित गर्‍यो। यस खेलकी अर्चना ठाकुर म्यान अफ द म्याच बनिन्।

तेस्रो खेल (जुनियर बोयज) तर्फ साउथ जोन सेकेन्डरी स्कूलले ज्ञान बाटिका सेकेन्डरी स्कूललाई ९ विकेटले पराजित गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच घोषित भए।

यस्तै चौथो खेल (गर्ल्स) मा ओम नेशनल एकेडेमी स्कूलले चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कूललाई ९ विकेटले पराजित गरेको छ। यस खेलकी प्रज्ञा क्षेत्री म्यान अफ द म्याच भइन्।

अन्तिम खेल (बोयज) मा मनकामना सेकेन्डरी स्कूलले सूर्योदय एकेडेमी स्कूललाई ८ रनले पराजित गर्‍यो। उक्त खेलका ओसिम आलम म्यान अफ द म्याच घोषित भए।

प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोक ले यस्ता प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।

Scroll to Top