भानु जयन्ती अवसरमा आयोजित कविता प्रतियोगितामा गौतम माविका विद्यार्थीहरूको उत्कृष्ठ सफलता

Spread the love

वीरगञ्ज, पर्सा 

असार ,२९

नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्जद्वारा आयोजित २१२ औं भानु जयन्तीको अवसरमा सम्पन्न कविता प्रतियोगितामा गौतम माध्यमिक विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।

प्रतियोगितामा विद्यालयकी प्रतिभाशाली छात्रा क्रीस्टिना कर्णले उत्कृष्ट रचनामार्फत प्रथम स्थान प्राप्त गर्दै सबैको ध्यान आकर्षित गरिन्। त्यस्तै, नारायण माझीले प्रभावशाली प्रस्तुति दिएर दोस्रो स्थान हासिल गर्न सफल भए। उनीहरूको प्रस्तुतिले न केवल निर्णायकहरूको प्रशंसा बटुल्यो, तर विद्यालयको गौरव पनि उच्च बनायो।

प्रतिष्ठानले आयोजना गरेको यस प्रतियोगिताले साहित्यिक चेतना अभिवृद्धि गर्ने उद्देश्य बोकेको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिता र प्रभावशाली सिर्जनाले यस कार्यक्रमलाई थप जीवन्त बनायो।

साहित्यिक क्षमताको प्रष्फुटन गराउने यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूमा सिर्जनात्मक सोच र अभिव्यक्तिको विकास हुने विश्वास अभिव्यक्त गरिएको छ।

Scroll to Top