वीरगन्जमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न — १६९ जनाले गरे रक्तदान

Spread the love

२५ असार, वीरगन्ज 

 बढ्दो गर्मी र रगतको चरम अभावलाई ध्यानमा राख्दै नेसनल इन्फोटेक कलेज, वीरगन्ज–१५ ब्रहमचोकले बुधबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

कलेज परिसरमा सम्पन्न कार्यक्रममा २४ जना महिला सहित कुल १६९ जनाले रक्तदान गरेका हुन्। कार्यक्रम कलेजका सञ्चालकद्वय मनिष सिंह र काजल सिंहको अगुवाइमा सम्पन्न भयो। उनीहरुले रक्तदाताहरुलाई ‘रगतको पोका’ प्रदान गर्दै स्वयं पनि रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

कार्यक्रममा रक्तदान गर्ने व्यक्तिहरुमा काजल सिंह, मनिष सिंह, सयोनी कुमारी, रबिना खातुन, मनिका यादव, स्नेहा साह, सम्झना यादव, रानु पाल, कञ्चन कुमारी, सुजाता यादव, चित्रलेखा कुमारी, सुधिर पटेल, जितेन्द्र कुमार साह, जितेश पटेल, रोहित मण्डल, चन्दन महतो कहार, शशी बरनवाल, आयुष शर्मा, राहुल कुमार गुप्ता लगायत थिए।

सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रानिघाट उपशाखा सभापति सतिश सिंह राजपुत, सामाजिक अभियन्ता देवेश मानवसेवा, ओमकुमार झा, राजन श्रीवास्तव, सञ्चारकर्मी अर्जुन चौधरी, अभिलाश गुप्ता, कलेजका शिक्षक, विद्यार्थी, कर्मचारी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै कलेजका सञ्चालक मनिष सिंहले भने, “गर्मी बढेसँगै वीरगन्जमा रगतको अभाव देखिएको छ। यस्तै बेला हाम्रो सानो पहलले कसैको जीवन बच्न सक्छ भन्ने सोचका साथ हामीले यो आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेका हौं।”

त्यस्तै, कलेजका एशिया निर्देशक सुधिर पटेलले रक्तदानको महत्व उल्लेख गर्दै भने, “हरेक तीन महिनामा हाम्रो शरीरमा नयाँ रगत बन्ने प्रक्रिया स्वाभाविक रूपमा हुन्छ। त्यसैले हामी सबैले नियमित रक्तदान गरेर मानवताको सेवा गर्नु पर्छ।”

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झाको नेतृत्वमा स्वयंसेवक टोलीले रक्तदाताहरुलाई सहयोग गरेका थिए। रक्तदान कार्यक्रम सफल बनाउन कलेज प्रशासन, सामाजिक संघ–संस्था, विद्यार्थी र स्थानीयवासीहरुको सक्रिय भूमिका रहेको थियो।

Scroll to Top