राप्रपा पर्सा क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति बैठक सम्पन्न

Spread the love

बीरगञ्ज , माघ १३

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नं २ को क्षेत्रीय कार्यसमिति बैठक सम्पन्न भएको छ। बैठक राप्रपा पर्सा क्षेत्र नं २ का क्षेत्रीय सभापति शिवनारायण मिश्रा ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा निवर्तमान राप्रपा पर्सा क्षेत्र नं २ की संसदीय उम्मेदवार विना जैसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने राप्रपा पर्साका जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय विशिष्ट अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

बैठकको सञ्चालन राप्रपा पर्साका जिल्ला सचिव पानालाल पटेलले गर्नुभएको थियो। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश प्रदेशका कोषाध्यक्ष जगर्नाथ प्रसाद कुर्मी, निर्वाचन समिति पर्साका जिल्ला अध्यक्ष शम्भु गिरी, राष्ट्रिय प्रजातान्त्रिक दलित उत्पीडित उत्थान संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विष्णु राम लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम तथा क्षेत्रीय गतिविधिहरूलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनाइएको छ।

Scroll to Top