आज देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदै

Spread the love

वीरगञ्ज , वैशाख १४


प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। यस अवसरमा सन्तानहरूले आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने परम्परा छ।

आफ्नो जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यो दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। आमा जीवित नभएका व्यक्तिहरूले भने तीर्थस्थल गइ श्रद्धाञ्जली अर्पण गर्ने चलन छ। विशेषगरी काठमाडौँको मातातीर्थमा आज हजारौँ श्रद्धालुहरु पुगेका छन्।

सांस्कृतिक तथा पारिवारिक सम्बन्ध सुदृढ गर्ने यस पर्वले आमाप्रतिको माया र सम्मान अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ। धार्मिक विश्वासअनुसार यस दिन आमाको मुख हेरेर आशीर्वाद लिनाले दीर्घायु र समृद्धि प्राप्त हुने मानिन्छ।

यद्यपि, यस वर्ष केही स्थानमा मौसम प्रतिकूलताका कारण मानिसहरूले आ–आफ्नै घरमा नै सपरिवार आमालाई सम्मान गर्दै पर्व मनाएको देखिएको छ।

Scroll to Top