जीतपुर सिमराको बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर महिला उद्धार

Spread the love

बारा, भदौ १६ 

वारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१८, बडहर्वा चोकबाट एक जना बेवारिसे महिला उद्धार गरिएको छ।

मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार दिउँसो करिब २:३० बजे मानसिक अवस्था कमजोर देखिएका अन्दाजी ४० वर्षीया महिलालाई उद्धार गरी आश्रममा लगेको हो। महिलाले आफ्नो नाम नाएदा खातुन भने पनि ठेगाना प्रष्ट खुलाउन नसकेको आश्रमले जनाएको छ।

उद्धारपछि महिलालाई आश्रममा लगेर सरसफाइ तथा नुहाइ–धुहाइ गराई डा. भरत गोईज्यूको निगरानीमा आवश्यक औषधोपचार गरिनेछ।

उद्धार कार्यक्रममा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, संयोजक मुना मगर, स्वयंसेवक सरोज बिक र दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवल्दार बब्लु सिंह, वडा अध्यक्ष चतुर बाबु वाग्ले लगायत स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Scroll to Top