मानवसेवा आश्रममा सशस्त्र प्रहरी अधिकृतहरूको अवलोकन तथा सेवा सहभागिता

Spread the love

वीरगंज, साउन २० 

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे. पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले आज वीरगंजस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको उक्त भ्रमणमा उनीहरूले आश्रममा बसोबास गरिरहेका वृद्धवृद्धाहरूसँग आत्मीय समय बिताउँदै बिहानको भोजन सेवामा पनि सक्रिय सहभागिता जनाएका थिए।

उनीहरूले आगामी दिनमा व्यक्तिगत तथा संस्थागत रूपमा आश्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा मानवसेवा आश्रम वीरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, संयोजक मुना मगर पुलामी, प्रदुमन सर्राफ, पवन कलवार, आयुष गिरी लगायतको उपस्थिति रहेको थियो।

उक्त सहभागिता आश्रमका लागि मात्र नभई समुदायमा सुरक्षा निकायप्रतिको विश्वास र आत्मीयता सुदृढ बनाउन महत्वपूर्ण मानिएको छ।

Scroll to Top