पर्सा,मंसिर२९
बहुदरमाइ नगरपालिकाका तीन युवा—चन्दन यादव, सुरज कुशवाहा र गुडु माता—ले बहुदरमाइस्थित मन्दिर प्राङ्गणबाट सुरु गरेको १२ दिनको पैदल धार्मिक यात्रा सफलतापूर्वक सम्पन्न गरेका छन्। उनीहरू हाल अयोध्या पुगेर प्रभु श्रीरामको दर्शन गरेका छन्।
कठिन यात्रा, शारीरिक थकान र विभिन्न चुनौतीका बाबजुद अटल आस्था, अदम्य साहस र दृढ भक्तिका साथ यात्रा पूरा गर्नु उनीहरूको धार्मिक निष्ठाको उदाहरण बनेको छ। यस यात्राले आजका युवाहरूमा पनि गहिरो धार्मिक आस्था र संस्कृतिप्रतिको सम्मान जीवित रहेको स्पष्ट प्रमाणित गरेको स्थानीयले बताएका छन्।
तीन युवाको यस प्रेरणादायी यात्राले बहुदरमाइ मात्र होइन, समग्र क्षेत्रमा धार्मिक चेतना र प्रेरणा फैलाएको छ। स्थानीयवासी तथा शुभेच्छुकहरूले उनीहरूको साहस, भक्ति र समर्पणको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस्ता सकारात्मक पहलहरू अझ बढ्दै जाने विश्वास व्यक्त गरेका छन्।
धार्मिक विश्वास र दृढ इच्छाशक्तिको संगम बनेको यो यात्रा अब इतिहासमा स्मरणीय रूपमा दर्ज हुने अपेक्षा गरिएको छ।


