जिराभवानी भेट्रान्स गोल्डकपमा वीरगञ्ज र बकुलिया भेट्रान्स विजयी, सन्तोष सिंह ‘म्यान अफ द म्याच’ घोषित

Spread the love

वीरगन्ज , असोज २६

पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको प्रथम जिराभवानी भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा वीरगञ्ज भेट्रान्स र बकुलिया बारा भेट्रान्सले जित हासिल गरेका छन्।

प्रतियोगिताअन्तर्गत सोमबार सम्पन्न दुई खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेका हुन्। पहिलो खेलमा वीरगञ्ज भेट्रान्सले सिमरा बारा भेट्रान्सलाई पराजित गर्दै जित आफ्नो पक्षमा पारेको थियो।

त्यसैगरी, दोस्रो खेलमा बकुलिया बारा भेट्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको छ। उक्त खेलमा बकुलिया बारा भेट्रान्सका जर्सी नम्बर २२ का गोलकिपर सन्तोष सिंह ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।

जिराभवानी गाउँपालिका–२, सेढवास्थित मिनी रङ्गशालामा सञ्चालन भइरहेको प्रतियोगिताले भेट्रान्स खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। प्रतियोगितामार्फत स्थानीय क्षेत्रमा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै फुटबलप्रति युवापुस्ता र खेलप्रेमीको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

मंगलबार दुई खेल हुने

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ। पहिलो खेल दिउँसो २:३० बजे आरम्भ भेट्रान्स वीरगञ्ज र जिराभवानी भेट्रान्सबीच हुनेछ।

त्यसैगरी, दोस्रो खेल दिउँसो ३:३० बजे युथ एकेडेमी भेट्रान्स र हटिया हेटौँडा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रथम जिराभवानी भेट्रान्स गोल्डकप–२०८३ को आयोजक समितिका अध्यक्ष चक्रधारी चौधरीले आगामी खेलहरूमा पनि दर्शकको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।

Scroll to Top