वीरगञ्जमा चिनिमिल आवास छेत्रबाट एक पुरुष उद्धार

Spread the love

वीरगञ्ज, असोज ६ 


पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका–१४ अन्तर्गत चिनिमिल आवासछेत्रस्थित पर्यटन विकास कार्यालय अगाडिबाट एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले सोमबार उद्धार गरेको छ।

मानवसेवा आश्रमका अनुसार अन्दाजी ३५ वर्ष उमेरका ती पुरुषले आफ्नो नाम–थर प्रष्ट भन्न नसकेको र सोमबार दिउँसो २:४५ बजे उद्धार गरी आश्रममा ल्याइएको हो।

उद्धार कार्यमा मानवसेवा आश्रमका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक तथा सामाजिक अभियन्ता प्रकाश थारु, आश्रम अभिभावक परिवारका संयोजक तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, आश्रमका केन्द्रीय सदस्य विवेक महतो, प्रहरी चौकी गण्डकका प्रहरी हवल्दार लालबाबु प्रसाद कुशवाहा तथा स्वयंसेवकहरु दिपान्सु पटेल, सरोज बिक र दिपेन्द्र चौधरीको सक्रिय उपस्थिति रहेको थियो।

आश्रम ल्याएपछि ती पुरुषलाई सरसफाई गरी नुहाइ–धुवाइ गराई डा. भरत गोईको निगरानीमा स्वास्थ्य परीक्षण तथा आवश्यक औषधि उपचार गराइने आश्रमले जनाएको छ।

Scroll to Top