वीरगञ्ज , असोज ३०
वीरगञ्ज महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा आएको छ। बालबालिकाका गुणस्तरीय कपडा तथा महिलाका विभिन्न सामग्री उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त शपको उद्घाटन आज एक कार्यक्रमबीच वीरगञ्ज महानगरपालिकाका पूर्व नगरप्रमुख विजय सरावगीले रिबन काटेर गर्नुभएको हो।
शपका सञ्चालक तथा प्रोप्राइटर ज्योति सोहनी रहनुभएको छ। उक्त शपमा बालबालिकाका लागि विभिन्न प्रकारका गुणस्तरीय कपडा तथा महिलाका लागि आवश्यक विभिन्न सामग्रीहरू उपलब्ध हुने बताइएको छ।
स्थानीय ग्राहकलाई बालबालिका तथा महिलाका सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित व्यवसाय सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवसायको सुरुवातले वीरगञ्जको स्थानीय बजारमा व्यावसायिक गतिविधि विस्तार गर्न तथा उद्यमशीलतालाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा युवा अभियन्ता कविराज पटेल, सञ्चारकर्मी निरज पिटको टिम मगरलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले नयाँ व्यवसायको सफलताको शुभकामना व्यक्त गर्दै व्यवसायले आगामी दिनमा प्रगति गर्ने विश्वास व्यक्त गरेका थिए।
वीरगञ्जको घण्टाघर क्षेत्रमा सञ्चालनमा आएको ‘बेबी एन्ड ममा’ ले बालबालिका तथा महिलाका सामग्री खरिद गर्न चाहने ग्राहकका लागि थप विकल्प उपलब्ध गराएको छ।



