पोता खुला नकआउट भलिबल: तेस्रो  दिन पाँच खेल सम्पन्न, चितवन र गुल्मी फाइनलमा

Spread the love

वीरगञ्ज, चैत्र २६ 

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगिताको दोस्रो दिन आज सेमिफाइनलसहित पाँच खेल सम्पन्न भएका छन्।

सगरमाथा युवा समाज क्लबको आयोजनामा वडा कार्यालयको खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा धनुषा र जगवा बीच प्रतिस्पर्धा भएको थियो, जसमा जगवा विजयी बनेको थियो।

त्यसैगरी दोस्रो खेलमा आयोजक चितवन र महोत्तरीबीच भएको प्रतिस्पर्धामा चितवन टोलीले जित हात पार्यो।

तेस्रो खेल सर्लाही र गुल्मीबीच भएको थियो, जसमा गुल्मी विजयी घोषित भयो।

सेमिफाइनलतर्फ आयोजक पोता र चितवनबीच भएको खेलमा चितवन विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। यस्तै, दोस्रो सेमिफाइनलमा जगवा र गुल्मीबीच प्रतिस्पर्धा हुँदा गुल्मी विजयी बन्दै फाइनल यात्रा तय गरेको छ।

अब फाइनल खेल भोलि दिउँसो १ बजे हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ रहेको छ।

Scroll to Top