ब्राइट स्टुडेन्ट्स क्लब द्वरा निःशुल्क खाना खुवाउने कार्यक्रम घण्टाघरमा सम्पन्न

Spread the love

वीरगञ्ज, ८ असार।

ब्राइट +२ कलेज अन्तर्गत ब्राइट स्टुडेन्ट्स क्लबको आयोजनामा आज घण्टाघरमा निःशुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भएको छ।

 गरीब, असहाय तथा विपन्न वर्गका व्यक्तिहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यस कार्यक्रमलाई प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा आयोजना गरिँदै आएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा ब्राइट +२ कलेजका डाइरेक्टर मुकेश गुप्ता, प्रिन्सिपल अनिता गुप्ता, कोअर्डिनेटर गोविन्द गुप्ता, प्रशासन प्रमुख अखिल पटेल तथा क्लबका सक्रिय विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो।

उनीहरूले सामूहिक रुपमा खाना वितरण गर्दै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका थिए। आयोजकले आगामी दिनहरूमा अझ व्यापक रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

स्थानीय बासिन्दाहरूले यस्तो कार्यको सराहना गर्दै युवाहरूमा बढ्दो सामाजिक चेतनशीलतालाई प्रेरणादायक कदमको रूपमा लिएका छन्।

बरहथवा नगरपालिकामा सडकको सामान्य विवादले उग्ररूप लिइयो। थप विवरण आउन बाँकी ।

Scroll to Top