वीरगन्जमा अटो रिक्सा तथा टाँगा चालकसँग सीमा सुरक्षा अन्तरक्रिया सम्पन्न

Spread the love

बिरगञ्ज, ०६ पौष

बिरगञ्जमा अटो रिक्सा तथा टाँगा चालकहरूसँग सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै शान्ति–सुरक्षा सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा चालकहरूको भूमिका महत्वपूर्ण रहेकोमा विशेष जोड दिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शस्त्र प्रहरी बल नेपाल, १३ नम्बर गण बिरगञ्जका एसपी पुरन चन्द भट्टले सीमा सुरक्षा मजबुत बनाउन स्थानीय नागरिक, विशेषगरी अटो रिक्सा तथा टाँगा चालकहरूको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले चालकहरू दैनिक रूपमा सीमा क्षेत्रमा आवतजावत गर्ने भएकाले कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो।

सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले सुरक्षा निकाय र नागरिकबीच आपसी विश्वास तथा सहकार्य अभिवृद्धि गर्न यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले समुदायको सक्रिय सहभागिताबाट मात्रै दिगो शान्ति र सुरक्षा कायम गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बिरगञ्ज भन्सारका डिएसपी पुरुसोतम भण्डारीको उपस्थिति रहेको थियो भने सञ्चारकर्मी अभिलाष गुप्ता तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा करिब १०० भन्दा बढी अटो रिक्सा तथा टाँगा चालकहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सीमा सुरक्षासँग सम्बन्धित जिज्ञासा राख्दै सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएकोमा कार्यक्रमलाई उपयोगी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका थिए।

अन्तरक्रिया कार्यक्रममा करिब १०० जना भन्दा बढी अटो रिक्सा तथा टाँगा चालकहरूको सहभागिता रहेको थियो। सहभागी चालकहरूले सीमा सुरक्षासँग सम्बन्धित विभिन्न जिज्ञासा राख्दै सुरक्षा निकायसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको भन्दै कार्यक्रमलाई उपयोगी र समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका थिए।

Scroll to Top