नेपाल प्रिमियर लिग (एनपीएल)का उपाधि दाबेदार जनकपुर बोल्ट्सले टोलीका कप्तान अनिलकुमार साहलाई चोटका कारण गुमाउनुपरेको छ । चितवन राइनोजविरुद्धको पछिल्लो खेलमा चोट बोकेपछि साहले प्रतियोगिताका बाँकी खेल खेल्न नसक्ने भएका छन् । क्लबका अनुसार उनको हातमा शल्यक्रिया गर्नुपर्ने भएको छ । चितवनविरुद्धको खेलमा साह केवल आठ रनमै आउट भएका थिए । ब्याटबाट बलले ठोक्किँदा उनको हातमा चोट लागेको थियो । चोट सुरुमा सामान्य देखिए पनि गम्भीरता बढ्दै जाँदा उनी मैदानबाट बाहिरिएका थिए । हाल शल्यक्रियाको तयारीमा रहेका साहको अनुपस्थितिले जनकपुरको रणनीतिमा ठूलो प्रभाव पार्ने देखिएको छ । टोलीले अब कप्तानीको जिम्मेवारी मार्की खेलाडी आशिफ शेखलाई सुम्पिएको छ । अनिल साह…
Author: Arjun Chaudhary
काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बनेको छ । पछिल्लो समयको तथ्यांकले बैंकको नाफा ह्वात्तै घटेको छ भने निष्क्रिय अर्थात् खराब कर्जा पनि उत्तिकै रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार एनआइसी एसिया बैंकको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ । सबैभन्दा कम घनात्मक प्रतिसेयर आन्दानी यस्तै यस बैंकको सबैभन्दा कम घनात्मक प्रतिसेयर आम्दानी देखिएको छ । यसको इपीएस २.६० रहेको छ । सबैभन्दा धेरै एभरेष्ट बैंकको ११.६६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । पहिलो त्रैमासमा यस बैंकको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) ४.२४ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने…
बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड सेहु गिरासीले ६० औं पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । ७५औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अघि बढाए । ७८औं मिनेटमा गिरासीले दोस्रो पटक बराबरी गोल गरे।८५औं मिनेटमा टोरौसले अर्को गोल गरेपछि बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको ६ खेलबाट १५ अंक छ । डर्टमन्ड १२ अंकका साथ नवौं स्थानमा छ । १८…
एजेन्सी – म्यानचेस्टर सिटीको खराब प्रदर्शन च्याम्पियन लिगमा पनि रोकिएको छैन। पेप ग्वार्डिओलाको सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ। टुरिनको स्टाडियो डेल्ले अल्पिनमा भएको पहिलो हाफ गोलरहित बराबरी टुंगिएको थियो। ५३ औं मिनेटमा डुसान भ्लाहोभिकको गोलमा युभेन्ट्सले अग्रता लियो। वेस्टन म्याकिनीले ७५ औं मिनेटमा अर्को गोल गरेपछि युभेन्ट्सको जित निश्चित बन्यो । च्याम्पियन्स लिगमा ६ खेलमा युभेन्ट्सको यो तेस्रो जित हो । टोलीले २ खेलमा बराबरी र अर्कोमा हार बेहोरेको थियो। सिटीले च्याम्पियन्स लिगमा यो सिजन २ जित, २ बराबरी र २ खेलमा हार बेहोरेको छ। समग्रमा पछिल्ला १० खेलमा सिटीले १ खेल जितेको छ। इटालियन सिरी…
सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले बिहीबार आफू ‘अन्तिमसम्म लडिरहने’ बताएका छन् । युनले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै गत हप्ता मार्सल ल घोषणा गर्ने आफ्नो आश्चर्यजनक निर्णयको बचाउ गरेका हुन् । उनले आफ्नो प्रयास ‘लोकतन्त्रको पतन’ लाई रोक्ने र प्रतिपक्षको ‘संसदीय तानाशाही’ को विरोध गर्ने कानुनी निर्णय भएको बताए। दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरेका छन् । उनले भने, ‘ममाथि छानबिन होस् वा महाभियोग लगाइयोस्, म अडिग रहनेछु, म अन्तिमसम्म लड्नेछु।’ गत हप्ता मंगलबार र बुधबारको बिचमा, युन सुक-योलले देशमा मार्सल ल लागू गरेका…
। वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१र८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो । प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको…
बाराको गढीमाई मेलामा यसपटक होटल व्यवसायीहरूले उत्कृष्ट मुनाफा आर्जन गरेका छन्। मेलामा संचालन भएका साना र ठूला होटलहरूले एक हप्तामा न्यूनतम डेढ लाखदेखि अधिकतम १० लाखसम्म मुनाफा गरेको अनुमान गरिएको छ। मेलामा साना होटलहरूले दैनिक ८० हजारदेखि डेढ लाखसम्म बिक्री गरेका छन् भने ठूला होटलहरूले पाँच लाखदेखि १० लाखसम्म मुनाफा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ। पर्सा जिल्लाको जानकी टोलका व्यवसायी सन्तोष पटेलका अनुसार उनको होटलले एक हप्तामा करिब डेढ लाख मुनाफा आर्जन गरेको छ। ५० भन्दा बढी होटल सञ्चालनपञ्चवर्षीय मेला भएकाले मेलामा साना/ठूला गरी करिब ५० वटा होटल सञ्चालनमा आएका छन्। ती होटलहरूले न्यूनतम दुई लाखदेखि अधिकतम १० लाख…
वीरगञ्ज । भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको एसएसबी र रक्सौल नकरदेई थाना टोलीले संयुक्त कारबाही गर्दै २७८ ग्राम ब्राउन सुगरसहित चार नेपाली नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको पहिचान वीरगञ्ज महानगरपालिका वडा नं १२ का विशाल कुमार, वडा नं ६ रेशमकोठीका आयुष अग्रवाल, बारा जिल्लाको नितनपुरका रामकिशोर साह कानु र पर्साको रामटोलका राजेश प्रसाद यादवको रूपमा गरिएको छ। चारैजनालाई लागुऔषध नियन्त्रण ऐन (एनडीपीएस एक्ट) अन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको छ।
अहिलेको समयमा प्राय बालबच्चाको हातमा मोबाइलफोन हुन्छ । बालबच्चालाई कसरी मोबाईलफोनको टाढा राख्ने भन्ने बाबुआमाको हातमा हुन्छ । अभिभाबकले धेरै मात्रामा मोबाईल प्रयोग गर्दा उनिहरुले पनि देखेर सिक्छन र लत बस्न जान्छ । मोबाईल देखाएर बालबालिकालाई खाना खुवाउने चलन प्रायको रहेको हुन्छ र यस्तो गर्दा बालबालिकाले आफुले खाएको खानाको स्वाद थाहा थाहा पाउँदैनन । बालबालिकामा पाचन प्रणालि साथै पोषण सम्बिन्धि समस्या देखा पर्न सक्दछ । बालबच्चा निदाउनु अगाडि मोबाइल चलाउन दिनुहुदैन किनकि मोबाईल चलाउदा यसबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने गर्दछ । बालबालिकाले मोबाईलको प्रयोग गरेमा एकोहोरोपन आउने तथा रिसाउने ,रुने दोहोरो कुरा नगर्ने हुन सक्दछन् ।…
गढीमाईमा भारतीय भक्तजनलाई खसी, बोका, राँगा नेपाल प्रवेशमा रोकमंसिर २२, २०८१ शनिबार कलैया । बाराको बरीयारपुरस्थित विश्व प्रसिद्ध महागढीमाई मन्दिरमा भाकल चढाउन भारतबाट नेपाल प्रवेश गर्न खोज्ने भक्तजनलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रोक लगाएको छ । मटिहार्वा नाकामा तैनात एसएसबीका जवानहरूले बलिका लागि महागढीमाई मन्दिरतर्फ ल्याइएका खसी, बोका, राँगा तथा अन्य पशुपक्षीलाई भारतीय भूभागमै रोकी नियन्त्रणमा लिएका छन् । एसएसबीले नियन्त्रणमा लिएका पशुपक्षी भारतीय प्रहरीलाई बुझाइएको जानकारी मेला दर्शानार्थीहरूले दिएका छन् । महागढीमाई मेला हेर्न र पूजाआजाका लागि मात्र भक्तजनलाई नेपाल प्रवेश गर्न दिइएको छ भने बलिका लागि ल्याइएका पशुपक्षीलाई रोक्न भारतको सर्वोच्च अदालतको आदेशको पालना गरिएको बताइएको…
