Author: Arjun Chaudhary

वीरगञ्ज पर्सा जेठ ५ युवा संगठन वाईसीएल नेपाल पर्सा जिल्लाको प्रथम जिल्ला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनबाट दीपेन्द्र पटेललाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ। उपाध्यक्षमा क्रमशः शिव शंकर कलवार र पर्मानन्द राम चयन भएका छन् भने चन्दन चन्द्रवंशी सचिव र चन्दन रौनियार सहसचिवमा निर्वाचित भएका छन्। सम्मेलनबाट अन्य विभिन्न पदमा समेत नयाँ नेतृत्व चयन गरिएको छ। नव-निर्वाचित अध्यक्ष दीपेन्द्र पटेलले संगठनलाई अझ सशक्त बनाउँदै युवा वर्गलाई राजनीतिमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलनले संगठनात्मक सुदृढीकरण, स्थानीयस्तरमा युवाको सक्रियता, र सामाजिक-राजनीतिक चेतनाको विस्तार गर्ने लक्ष्य राखेको छ। निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य कमरेडहरूलाई बधाई तथा सफल कार्यकालको…

Read More

वीरगन्ज, बहुदरमाई जेठ ५ पिपरास्थित तिलावे नदी किनारमा अवस्थित बहुदरमाई मन्दिर नजिकको खेल मैदानलाई व्यवस्थित गर्दै क्रिकेट मैदान निर्माणको शिलान्यास गरिएको छ। मधेश प्रदेश सरकारअन्तर्गतको खेलकुद तथा समाज कल्याण मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा परियोजना सुरु गरिएको हो। शिलान्यास कार्यक्रममा नेकपा एमालेका नेता शिव पटेल, बहुदरमाई–४ का वडाध्यक्ष सुरेन्द्र यादव, वडा नं–५ का वडाध्यक्ष सुनिल कुशवाहा, कार्यपालिका सदस्य मुखदेव प्रसाद साह, समाजसेवी अधिवक्ता सुनिल कुशवाहालगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेता पटेलले नेपालमा दिनप्रतिदिन बढ्दो क्रिकेटको लोकप्रियता उल्लेख गर्दै भने, “अब सहरमा मात्र होइन, गाउँमा पनि क्रिकेट सिक्न र खेल्न हामीले मैदानको शिलान्यास गरेका छौं।” उनले मैदान निर्माण अन्तर्गत पर्खाल…

Read More

रसुवा, जेठ ४ रसुवामा प्रहरीले स्याउ बोक्ने कन्टेनरको प्रयोग गरी सुन तस्करी गर्ने प्रयासलाई विफल पार्दै ७ किलो ६५३ ग्राम अवैध सुन बरामद गरेको छ। रसुवा जिल्ला प्रहरी कार्यालयका अनुसार चिनीसँगको नाका हुँदै नेपाल भित्र्याइएको स्याउ बोक्ने कन्टेनरमा लुकाइएको अवस्थामा उक्त परिमाणको सुन फेला परेको हो। विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा कन्टेनरको गोप्य भागमा सुन लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुखले जानकारी दिएका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान खुलाउन खोजी तीव्र पारिएको र तस्करीमा संलग्न सञ्जालको खोजी भइरहेको प्रहरीले जनाएको छ। यो घटनाले रसुवागढी नाकाबाट भइरहेको…

Read More

वीरगंज, जेठ ४ जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तोष र अस्थिरताको संकेत देखिँदै गएको छ। पछिल्लो क्रममा वीरगंज महानगरपालिका–१० का वडा इकाई अध्यक्ष जोगिन्द्र प्रसाद साह कानुले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। साहले व्यक्तिगत कारण र पारिवारिक व्यस्तताको कारण देखाउँदै पार्टीको साधारण सदस्यबाटसमेत अलग हुने घोषणा गरेका हुन्। उनले आफ्नो राजीनामा पत्रमा पार्टीमा बिताएका समयप्रति आभार व्यक्त गर्दै अब सक्रिय राजनीतिबाट केही समय विश्राम लिने निर्णय गरेको उल्लेख गरेका छन्। “पार्टीमा काम गर्दै गर्दा धेरै अनुभव र सिकाइ भयो। तर अहिलेको पारिवारिक अवस्था र व्यक्तिगत परिस्थितिका कारणले गर्दा पार्टीका जिम्मेवारी वहन गर्न सक्ने स्थितिमा छैन,” राजीनामा पत्रमा साहले…

Read More

वीरगंज, जेठ ४ शसस्त्र प्रहरी बल नेपाल, पर्साले विशेष सूचनाका आधारमा छापामारी गर्दै झन्डै ७ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ। २०७८ साल जेठ ४ गते, शसस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालयअन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१, छपकैया गाउँस्थित तीनवटा घरमा छापा मारेको थियो। शसस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार छापामारीका क्रममा भारतबाट भन्सार छली गरी चोरी पैठारी गरिएका र लुकाई छिपाई गोदाममा भण्डारण गरिएको ६ लाख ९८ हजार ८ सय रुपैयाँ बराबरको कपडा फेला परेको हो। बरामद गरिएको कपडा आवश्यक कानुनी…

Read More

वीरगञ्ज जेठ ४ वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणको विषयलाई लिएर आक्रोशित विद्यार्थीहरूले आज क्याम्पस परिसरमै व्यापक विरोध प्रदर्शन गर्दै मिटिङ हलमा तालाबन्दी गरेका छन्। लामो समयदेखि फर्जी भर्ना सम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले सुनुवाइ नगरेको भन्दै आज क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेर विरोध जनाएका हुन्। विद्यार्थीहरूले आरोप लगाएका छन् कि क्याम्पसमा हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातमार्फत केही विद्यार्थीको अवैध रूपमा भर्ना गरिएको छ। यस्ता गम्भीर अनियमितताको बारेमा पटक–पटक उजुरी, प्रमाण र सार्वजनिक ध्यानाकर्षण गराउँदा समेत क्याम्पस प्रशासनले कुनै छानबिन सुरु नगरेको उनीहरूको भनाइ छ। विरोधमा उत्रिएका एक विद्यार्थी नेताले आक्रोश पोख्दै भने, “महिनौँ भइसकेको छ,…

Read More

सप्तरी जेठ ४ न्युज पर्सा मधेश प्रदेशका पूर्व अर्थमन्त्री विजयकुमार यादवसहित ८ जनाविरुद्ध सगरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार निवारण आयोगले ५६ करोड रुपैयाँको बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार बागमती नगरपालिका, सगरनाथ वन परियोजना र निजी व्यक्तिहरूको मिलेमतोमा सार्वजनिक जग्गा हिनामिना गरी पोखरी निर्माण गरिएको र उक्त कार्यमा ठूला आर्थिक अनियमितता भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको हो। मुद्दामा बागमती नगरपालिकाका मेयर भरत थापा पनि प्रतिवादीका रूपमा नाम उल्लेख गरिएको छ। अन्य प्रतिवादीहरूमा नगरपालिकाका कर्मचारी तथा निजी कम्पनीका प्रतिनिधिहरू रहेका छन्। आयोगले सार्वजनिक सम्पत्तिको दुरुपयोग, सरकारी नीतिविपरीत कार्य गर्दै व्यक्तिगत…

Read More

वीरगञ्ज जेष्ठ ४ पर्सा जिल्लाको प्रतिष्ठित शैक्षिक संस्था जीवन ज्योती स्कुलमा आयोजित ग्रेडिङ्ग दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गनेशमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। समारोहमा निर्णायक मण्डलको रूपमा राजेन्द्र साही, बिक्रान्त डगोल, मजिल हवारी तथा विद्यालयकी तेक्वान्दो प्रशिक्षक (कोच) रेयाना खातुनको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालयका निर्देशक शिव गुप्ताको अध्यक्षतामा सञ्चालन गरिएको हो। समारोहमा विद्यालयका ४० जना छात्रछात्राहरूले तेक्वान्दोमा आफ्नो दक्षता प्रदर्शन गरेका थिए। विभिन्न तहका विद्यार्थीहरूले अनुशासित ढंगमा खेल प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए। विशेषगरी स-साना बालबालिकाहरूको लचकता, आत्मविश्वास र खेल भावना देखेर उपस्थित अभिभावक, शिक्षक र अतिथिहरू…

Read More

वीरगञ्ज ,जेठ ३ न्यूज पर्सा स्व. सुशील कुमार खेतानको स्मृतिमा आयोजना गरिने माडवारी प्रिमियम लिग (एमपीएल) २०२५ क्रिकेट प्रतियोगिता आज शनिबारदेखि वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा सम्पन्न हुँदैछ। सञ्चालक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ। सहभागी १० टोलीका कप्तानहरूले आज वीरगञ्जका विभिन्न स्थानहरूमा सिलसहित प्रचारात्मक गतिविधिमा सहभागी भई प्रतियोगिताको प्रचार–प्रसारलाई तिव्र बनाएका छन्। उक्त प्रचारमार्फत खेलप्रेमीहरूमाझ उत्साह थपिएको आयोजकको दाबी छ। शनिबार दिउँसो ४ बजे उद्घाटन खेलसँगै प्रतियोगिता औपचारिक रूपमा सुरु हुनेछ। यसपटक एमपीएल प्रतियोगिता डे-नाइट खेल प्रणालीमा सञ्चालन गरिनेछ, जसले विशेषगरी युवापुस्तालाई नयाँ अनुभव र…

Read More

वीरगञ्ज, जेठ २ न्युज पर्सा वीरगञ्जको आदर्शनगरस्थित त्रिसला रेष्टुरेन्टमा आयोजित एक भव्य समारोहबीच समाजसेवी तथा व्यापारी गणेश लाठ द्वारा लिखित पुस्तक “सीमान्त सम्झना” को विमोचन गरिएको छ। कार्यक्रममा वीरगञ्जका प्रमुख व्यापारी, समाजसेवी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जीवनका सन्दर्भमा लेखिएको संस्मरण गणेश लाठ एक सफल व्यापारी मात्र नभई समाजसेवा र साहित्यप्रति पनि उतिकै समर्पित व्यक्तित्व हुन्। सीमान्त सम्झना पुस्तकमार्फत उनले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनयात्रालाई मार्मिक ढंगले प्रस्तुत गरेका छन्। विशेष गरी नेपाल–भारतको सिमानामा अवस्थित औद्योगिक सहर वीरगञ्जका बासिन्दाले भोगेका सामाजिक, सांस्कृतिक, व्यापारिक तथा राजनीतिक परिवर्तनलाई पुस्तकमा समेटिएको छ। लेखकले बाल्यकालमा साइकल चढेर भारतको रक्सौल सहरसम्म सिनेमा…

Read More