Author: Arjun Chaudhary

वीरगञ्ज जेठ १ अर्जुन चौधरी वीरगञ्ज महानगरपालिका–१० स्थित जैन हलको प्राङ्गणमा एक विशेष तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। वडा प्रहरी कार्यालय विर्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा तथा जैनस्वेताम्बर तेरापन्थी सभा वीरगञ्जको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो। कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टलगायत विभिन्न प्रहरी अधिकृत तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा जैन धर्म गुरुहरूको मार्गदर्शनमा तनाव व्यवस्थापनका विविध पक्षहरूबारे व्याख्यान तथा अभ्यास गराइएको थियो। दैनिक कार्यदबाब, पारिवारिक जिम्मेवारी, सामाजिक अपेक्षा र ड्युटीको दबाबका कारण उत्पन्न मानसिक तनाव कसरी व्यवस्थापन…

Read More

विरगंज, पर्सा अर्जुन चौधरी नेपाल-भारत सीमा नजिकको प्रमुख व्यापारिक नाकामा रहेको सिरसिया सुख्खा बन्दरगाहमा एक गम्भीर अनियमितताको घटना सार्वजनिक भएको छ। करिब १८ लाख रुपैयाँ बराबरको विदेशी रक्सी गायब भएको खुलासा भएसँगै, भन्सार कार्यालय र कर्मचारीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सर्लाही निवासी व्यवसायी वासुदेव साहले पिके ट्रेडर्स मार्फत अष्ट्रेलियन ब्रान्डको Royal Musksa Moscato नामक विदेशी रक्सीको टेन्डर जितेका थिए। टेन्डरअनुसार उनले जम्मा १०,४०५ लिटर रक्सी किन्नु पर्ने थियो। तर जब उनले सम्पूर्ण भुक्तानी गरेर समान उठाउन भन्सार पुगे, त्यहाँ जम्मा ९,४१८ लिटर मात्र रक्सी रहेको पत्ता लाग्यो। यथार्थमा, करिब ९८७ लिटर रक्सी गायब भएको पाइयो, जसको बजार मूल्य करिब…

Read More

मानवले यदि आफैंलाई र धर्मको साँचो स्वरूपलाई चिन्न सक्यो भने, उसका लागि संसारमा कुनै समस्या नै रहने छैन र दुःखको कुनै कारण पनि रहने छैन। यस्ता विचार लायन्स क्लब अफ रक्सौलका सचिव तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता लायन बिमल सर्राफले पत्रकारहरूसँग साझा गरेका हुन्। आत्माको ज्ञान नै सत्यको स्वरूप हो। यसलाई प्राप्त गर्नु नै मानव जीवनको सबैभन्दा ठूलो पुण्य हो, र यसको अज्ञानतामा रहनु नै सबैभन्दा ठूलो पाप हो। आत्मज्ञानद्वारा मात्र आत्माको मुक्ति र व्यक्तिको सबै प्रकारका बन्धन तथा दुःखबाट मुक्ति सम्भव हुन्छ। आत्मज्ञानको अभावमा व्यक्ति सधैं बन्धनमा, अर्थात् पराधीनतामा नै बाँधिएको हुन्छ। साँचो सुख पराधीनतामा होइन, स्वतन्त्रतामा पाइन्छ।…

Read More

वीरगञ्ज , वैशाख ३१ अर्जुन चौधरी पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक श्री गौतम मिश्रको नेतृत्वमा रहेको एक टोलीले वीरगञ्ज कारागारको निरीक्षण सम्पन्न गरेको छ। निरीक्षणका क्रममा कारागारभित्र रहेका कैदी तथा थुनुवाहरूको अवस्था, व्यवस्थापन प्रणाली, तथा चालु सुधारात्मक कार्यक्रमहरूको प्रगतिको समग्र मूल्याङ्कन गरिएको थियो। टोलीले विशेषगरी कारागारमा सञ्चालित बुनाईजस्ता सीपमूलक कार्यक्रमहरू, स्वास्थ्य तथा सरसफाइको अवस्था पनि नजिकबाट अवलोकन गरेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार यो निरीक्षणको मुख्य उद्देश्य कारागार सुधार प्रक्रियामा थप प्रभावकारिता ल्याउनुका साथै मानव अधिकारको सुनिश्चितता गर्नु रहेको थियो। निरीक्षणमा सशस्त्र प्रहरी, कारागार प्रशासन र अन्य सरोकारवाला…

Read More

वैशाख ३१ मानवको यस पृथ्वीमा आगमन एक साधारण प्राणीको रूपमा हुन्छ। उसले आश्रित रहन्छ, अरूको सेवा–मद्दतबाटै उसको जीवनमा उत्साह छर्छ। यस्तै विचार लायन्स क्लब अफ रक्सौलका सचिव तथा मिडिया प्रभारी, सामाजिक कार्यकर्ता लियन बिमल सर्राफले सञ्चार माध्यमसमक्ष राखे। बिस्तारै उसले विकास गर्छ र एक दिन आफूलाई परिपक्व ठान्छ, तर त्यतिबेला उसको स्वत्व कहाँ छ — त्यसलाई के भनी विशेषता भन्न सकिन्छ? त्यो भेट्टाए बगरि मात्र आत्माको पुकार साकार हुन्छ। हामी ईश्वरका साधन हौं, उहाँको व्यवस्थाका अंग हौं र कल्याणको प्रचार–प्रसारका लागि गतिशील हौं। जब हामीलाई गलत परिभाषा दिइयो—जस्तो–जस्तो हामीले चल्नैपर्छ र कुनै प्राकृतिक विधान हुँदैन—त्यतिखेरबाट सबै प्रकारका विकृतिहरू सुरू भए।…

Read More

वैशाख ३१ अर्जुन चौधरी गणितको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गर्ने अवसर पाएका एक प्रतिभाशाली विद्यार्थीलाई स्थानीय तहबाट अपेक्षित सहयोग नपाइएको गुनासो उठेको छ। जीतपुर सिमरा उपमहानगरपालिका–१२ फत्तेपुरका निवासी द्रोन चौधरीले गत वर्ष बेलायतको लण्डनमा आयोजित International Mathematical Olympiad (IMO) 2024 मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाए पनि नगरपालिकाबाट कुनै सहयोग वा सम्मान प्राप्त गर्न सकेनन्। यो वर्ष पनि चौधरीले आफ्नो प्रतिभा र परिश्रमद्वारा IMO 2025, जुन अष्ट्रेलियामा आयोजना हुँदैछ, का लागि नेपाल प्रतिनिधिको रूपमा छनौट भइसकेका छन्। तर, विडम्बना यसपटक पनि जीतपुर सिमरा उपमहानगरपालिकाले अहिलेसम्म कुनै चासो देखाएको छैन। “गणितमा मेरो लगाव बाल्यकालदेखि नै थियो। IMO मा छनोट…

Read More

वीरगञ्ज वैशाख ३१ अर्जुन चौधरी हिन्दुवादी अभियन्ता रवि सर्राफ र बिक्रम (बल्जित) जिल्ला अदालत पर्साबाट थुनछेक बहसपछि रिहा भएसँगै उनीहरूको भव्य स्वागत गरिएको छ। रिहाइपछि जिल्ला प्रहरी कार्यालय, पर्साको प्रांगणमै जयश्रीरामका नारासहित समर्थकहरूको विशाल भिडले उनीहरूलाई फूलमालाले सम्मान जनाउँदै स्वागत गरे। हनुमान जन्मोत्सव को उपलक्ष्यमा निकालिएको र्यालीमा हिंसात्मक गतिविधि हुँदा हिन्दू समार्तक हरुको तर्फबाट दुई जना लाई थुनामा राखी आवस्यक अनुसन्धान भइरहेको थियो । स्वागत समारोह राष्ट्रिय समता पार्टी नेपाल बिरगंज महानगर कार्यसमिति संयोजक अमर सर्राफको अगुवाइमा सम्पन्न भएको हो। कार्यक्रममा हिन्दुवादी संघसंस्था तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समारोहलाई सम्बोधन गर्दै अमर सर्राफले भने, “हिन्दू स्वाभिमानको रक्षा गर्ने…

Read More

भारतीय क्रिकेटको चम्किलो तारा विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। कोहलीले सोमबार सामाजिक सञ्जालमार्फत “#269 signing off” लेख्दै आफ्नो १४ वर्ष लामो टेस्ट करियरलाई विदा दिएका हुन्। २६९ उनको टेस्ट क्याप नम्बर हो। २०२५ को इंग्ल्याण्ड भ्रमणको तयारी गरिरहेका कोहलीको निर्णय अप्रत्याशित मानिएको छ। उनका रणजी प्रशिक्षक सरनदीप सिंहका अनुसार कोहलीले हालैसम्म पनि टेस्टका लागि तयारी गरिरहेका थिए र सन्यासको कुनै संकेत दिएका थिएनन्। कोहलीले २०११ मा वेस्ट इन्डिजविरुद्ध आफ्नो टेस्ट यात्रा सुरु गरेका थिए। १२३ टेस्ट खेलमा ९,२३० रन बनाएका उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरे। कप्तानका रूपमा ६८ टेस्ट खेलमा ४० जित निकाल्दै उनले…

Read More

बीरगन्ज, २९ वैशाख  अर्जुन चौधरी रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा सोमबार बीरगन्जका पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। समाजसेवा, शिक्षा, स्वास्थ्य, खेलकुद र उद्यमशीलता क्षेत्रका अग्रणी व्यक्तित्वहरूको योगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको हो। समारोहमा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रमा डा. भरत गोइत, खेलकुद क्षेत्रमा सविन बस्नेत (अध्यक्ष, भेटान्स सिटी क्लब बीरगन्ज), समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी (अध्यक्ष, उपकार सेवा नेपाल), र महिला उद्यमशीलता क्षेत्रमा श्रीमती आरती सिंह (उद्यमी) लाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। रिलिफ सोसाइटी अफ कमर्सका अध्यक्ष यादवले…

Read More

अर्जुन चौधरी वीरगंज, २९ वैशाख  वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा राखिएका सवारी साधन र संरचनाहरू हटाउन तीव्र अभियान थालेको छ। महानगर प्रहरी र महानगरका कर्मचारीहरूको संयुक्त टोलीले आइतबार जगर्नाथपुर क्षेत्रको फुटपाथमा अव्यवस्थित रूपमा राखिएका दुई वटा रोलर हटाएको छ। महानगरपालिकाका अनुसार फुटपाथ, सडक र सार्वजनिक स्थानहरूमा लामो समयदेखि बेवारिसे रूपमा छोडिएका सवारी साधन, निर्माण सामग्री र अन्य संरचनाहरू हटाएर नगरको सौन्दर्य र आवागमन सहज बनाउन अभियान सञ्चालन गरिएको हो। महानगर प्रहरी प्रमुखले बताए अनुसार ‘‘फुटपाथ र सडक ओगटेर राखिएका यस्ता वस्तुहरूले सर्वसाधारणको आवतजावतमा असहजता मात्र होइन, दुर्घटनाको जोखिमसमेत बढाउँछ। त्यसैले बेवारिसे र अव्यवस्थित सामग्रीहरूलाई हटाउने कार्यलाई निरन्तरता दिइनेछ।’’ महानगरपालिकाले…

Read More