वीरगञ्ज, पर्सा जेठ २ न्यूज पर्सा वीरगञ्जस्थित वीरगञ्ज कलेजका कक्षा १२ का विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। होटल क्लासिकमा आयोजित उक्त कार्यक्रम उत्साहपूर्वक तथा गरिमापूर्ण वातावरणमा सम्पन्न गरिएको हो। कार्यक्रमको अध्यक्षता वीरगञ्ज कलेजका डाइरेक्टर दीपेन्द्र चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतमको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल र समाजसेवी प्रकाश उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। साथै अतिथिका रूपमा दीपेन्द्र चौहान, कलेजका सम्पूर्ण शिक्षकगण तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो। विदाई कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव साझा, तथा कलेजप्रति कृतज्ञता व्यक्त गर्दै…
Author: Arjun Chaudhary
न्युज पर्सा, जेठ २, २०८२, शुक्रबार वीरगञ्ज — कक्षा १२ को वार्षिक परीक्षा सम्पन्न भएपछि वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले शुक्रबार उल्लासपूर्वक खुशीयाली मनाएका छन्। परीक्षाको अन्तिम दिन वीरगञ्जको मुख्य क्षेत्रहरूमा विद्यार्थीहरूको समूहले डिजे साउण्डको साथमा नाचगान गर्दै नगर परिक्रमा गरेका थिए। उनीहरूले परीक्षा सकिएको खुसी गीत–संगीत र रमाइलो वातावरणमार्फत व्यक्त गरेका थिए। नगर परिक्रमा मेनरोड क्षेत्रबाट सुरु भई घण्टाघर, माईस्थान चौक, आदर्शनगर हुँदै नगरका प्रमुख स्थानहरूमा सम्पन्न भएको थियो। विद्यार्थीहरूले आफ्नो विद्यालय नजिकैबाट यात्रा सुरु गरेका थिए र विभिन्न स्थानहरूमा रमाइलो गर्दै परिक्रमा गरेका थिए। डिजे साउण्ड, नृत्य र उत्साहले भरिएको यो परिक्रमा नगरका सडकहरूमा चहलपहल थप्न सफल भएको थियो।…
वीरगञ्ज, २ जेठ वीरगञ्जमा पछिल्लो समय बढ्दो गर्मी तथा लूको असरलाई ध्यानमा राख्दै जीवन ज्योति विद्यालय र लायन्स क्लब वीरगञ्ज सेन्ट्रलको संयुक्त प्रयासमा घण्टाघर क्षेत्रमा चिसो पानी खुवाउने सामाजिक तथा मानवसेवा मूलक कार्यक्रम सम्पन्न गरिएको छ। घण्टाघरमा आयोजित उक्त कार्यक्रममा सर्वसाधारणलाई चिसो पानी खुवाउने व्यवस्था मिलाइयो, जसले स्थानीय नागरिक, यात्रु तथा गरिब तथा वंचित वर्गलाई केही राहत प्रदान गर्यो। अत्यधिक तापक्रमका कारण सडकमै हिँड्दा मानिसहरूलाई स्वास्थ्य जोखिम बढ्ने अवस्थालाई मध्यनजर गर्दै सो कार्यक्रम सञ्चालन गरिएको आयोजकहरूले बताएका छन्। कार्यक्रममा जीवन ज्योति विद्यालयका डाइरेक्टर तथा लायन्स क्लब वीरगञ्ज सेन्ट्रलका जोन चेयर पर्सन मीनाक्षी गुप्ता, विद्यालयका प्रिन्सिपल शिव गुप्ता, शिक्षकगण दीपा थापा,…
काठमाडौं, जेष्ठ २ नेपाली परम्परागत कला र संस्कृति संरक्षणमा क्रियाशील हिमालयन आर्ट काउन्सिल (Himalayan Art Council – HAC) ले थांका र पौभा कलाको संरक्षण, प्रवर्द्धन र प्रविधिमार्फत प्रमाणीकरण गर्न एक ऐतिहासिक प्रदर्शनीको आयोजना गरेको छ। पाटन संग्रहालयमा बिहीबार अपराह्न तीन बजे उद्घाटन गरिएको उक्त विशेष प्रदर्शनी शुक्रबारसम्म चलेको थियो। प्रदर्शनीमा नेपाली थांका र पौभा कलाका ५० भन्दा बढी मौलिक कलाकृतिहरू प्रस्तुत गरिएको थियो, जसमा पवित्र देवी-देवताहरू, मण्डला संरचना, सांस्कृतिक मिथक र धार्मिक कथा बुनाइ भएका रचनाहरू समावेश थिए। नेपाली कला संरक्षणको नयाँ युग यो प्रदर्शनी केवल सौन्दर्यप्रदर्शनमा सीमित नभइ, नेपाली परम्परागत कलाको विश्वसामु प्रस्तुति र संरक्षणको दिगो अभियानको थालनी भएको…
पर्सा, विश्रामपुर जेठ २ विश्रामपुर गाउँपालिका वार्ड नं १ स्थित कैलालपुर टोलमा आज बिहान आगलागी हुँदा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी लक्ष्मण मुखिया र टेकमण मुखियाको घरमा भएको हो। स्थानीय बासिन्दाका अनुसार आगलागी शुभआमा पूजाको क्रममा भएको हो। आगो लागेपछि गाउँका बासिन्दा, सशस्त्र प्रहरी तथा जनपथ प्रहरीको सहयोगमा तत्कालै आगो नियन्त्रणको प्रयास गरिएको थियो। आगलागीबाट घरमा भएको केही सामान स्थानीयले तत्कालै निकालेर जोगाउन सफल भएका छन्। घटनाको जानकारी पाएपछि पर्साबाट आएको बारुण यन्त्र (दमकल)ले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको हो। वडाध्यक्ष सन्तोष पटेलले आगलागीबाट ठूलो जनधनको क्षति हुन नदिइएको जानकारी दिनुभयो। उहाँले सुरक्षाकर्मी र स्थानीयको सक्रियताले…
इतिहास साक्षी छ कि जब समाजमा मानिसहरूको सोच विपरित दिशामा जान थाल्छ, असत्यलाई सत्यको जस्तो सम्मान दिइन्छ, र सज्जनहरूले समाज पतनतर्फ जाँदैछ भन्ने अनुभव गर्न थाल्छन्, त्यस्तो अवस्थामा असम्भवलाई सम्भवमा बदल्न, अन्यायसँग लड्न र विरोधीहरूसँग साहसका साथ जुध्न ईश्वर स्वयं मानव रूपमा अवतरित भएर सामान्य जनताको साथ लिएर अगाडि बढ्ने गर्दछन्। उक्त विचार लायन्स क्लब अफ रक्सौलका सचिव, मिडिया प्रमुख तथा सामाजिक कार्यकर्ता लायन बिमल सर्राफले पत्रकारहरूसँग साझा गर्नुभएको हो। उहाँले भन्नुभयो, “पापकै विरुद्ध खडा हुनु मानवताको पुकार हो। यो पुकार कुनै न कुनै परशुरामको स्वरूपमा प्रकट हुन्छ र आफ्नो कर्तव्य पुरा गर्छ।” आशीर्वाद प्राप्त गर्नु परम सौभाग्य र विजयको…
बारा, कोल्हवी जेठ २ बाराको कोल्हवी नगरपालिका अन्तर्गत तमागढी रोडमा आज बिहान करिब ३ बजे रुख खस्दा अटोमा सवार एक व्यक्ति घाइते भएका छन्। प्रदेश २-०३-००१ ह १२८२ नम्बरको अटोमाथि अचानक रुख ढलेपछि उक्त दुर्घटना भएको हो। दुर्घटनामा कोल्हवी नगरपालिका–३ जुअवाका सिकेन्द्र चौधरी घाइते भएका छन्। स्थानीयहरूका अनुसार घाइते चौधरीलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ। दुर्घटनाको बेला अटो पार्किङ गरिएको अवस्थामा रहेको वा गन्तव्यतर्फ गइरहेको थियो भन्ने विषयमा थप जानकारी आउन बाँकी छ। स्थानीय प्रशासनले घटनाको छानबिन थालेको छ। सडक किनारमा रहेका पुराना र जोखिमयुक्त रुखका कारण यस्ता…
मकवानपुर जेठ २ मकवानपुरको रातोमाटे चेकपोइन्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ स्थित चेकपोइन्टमा नियमित सवारी जाँच गर्ने क्रममा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको पर्यटक बसमा शंका लागेर खानतलासी गर्दा लागूऔषध बरामद गरिएको हो। पक्राउ पर्नेमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका–५ बस्ने २० वर्षीय करण राय र सोही ठाउँका २९ वर्षीय उपेन्द्र रायभर रहेका छन्। जाँचको क्रममा करण रायले बोकेको झोलाभित्र VIVO लेखिएको मोबाइल चार्जर भित्र लुकाई राखिएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुबै…
वीरगञ्ज, ०१ जेठ समाजसेवा र जनस्वास्थ्य प्रवर्द्धनमा अग्रसर संस्था वीरगञ्ज जेसीजले यही जेठ ३ गते, शनिबार (१७ मे २०२५) मा निःशुल्क दन्त स्वास्थ्य जाँच शिविर आयोजना गर्ने भएको छ। उक्त शिविर वीरगञ्जको अमर चोकस्थित समाज सेवा समितिको भवनमा बिहान ७:०० बजे देखि १०:०० बजे सम्म सञ्चालन हुनेछ। शिविरमा अनुभवी तथा प्रसिद्ध दन्त चिकित्सक डा. मनोज उपाध्याय र सुश्री प्रियांशा पौडेलद्वारा सेवा प्रदान गरिनेछ। जेसीजका अनुसार, शिविरको मुख्य उद्देश्य समुदायमा मौखिक तथा दन्त स्वास्थ्यप्रति चेतना फैलाउनुका साथै रोगको प्रारम्भिक अवस्था पहिचान गरी दीर्घकालीन जटिलता हुनबाट बचाउनु हो। वीरगञ्ज जेसीजका अध्यक्ष सरोज चौरसियाले भने, “स्वस्थ जीवनको आधार स्वस्थ दाँत र मुख पनि…
अर्जुन चौधरी रक्सौल,१ जेष्ठ अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको तत्वावधानमा शहरको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा आज एक दिवसीय निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। सो शिविरको उद्घाटन किरण आँखा अस्पतालका डा. अमर क्याल, सम्मेलनकी अध्यक्ष सोनु काबरा, पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धानोठिया, रचना रूँगटा, सुशीला धानोठिया, सीमा अग्रवाल, शिव कुमार केशान, राजकुमार अग्रवाल, सीताराम गोयल र विमल रूँगटा लगायतले संयुक्तरूपमा दीप प्रज्वलन गरी गर्नु भएको हो। शिविरमा उपस्थित डा. अमर क्यालले आँखा मानव शरीरको अति संवेदनशील अंग भएकोले यसको नियमित जाँच आवश्यक रहेको बताउँदै आँखाका सामान्य समस्याले पनि गम्भीर दृष्टि दोष…
