पर्सा, साउन २५
माउन्ट मकालु इङ्गलिस बोर्डिङ विद्यालयका प्रिन्सिपल तथा प्याब्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवले आइतबार पर्सा जिल्ला, पटेवा सुगौली गाउँपालिका–१ स्थित श्री श्री १०८ बाबा दुधेश्वरनाथ महादेव मन्दिर, भाथाधामलाई चार थान सिलिङ पंखा सहयोग गरेका छन्।
उक्त पंखा मेला समिति पत्रकार समूहका अध्यक्ष शम्भु महतो थारू मार्फत मन्दिरलाई हस्तान्तरण गरिएको हो। श्रीवास्तवले विद्यालय परिवार र माँ आद्या शक्ति मन्दिर परिवार अशोक बाटिकाको सहकार्यमा यो सहयोग गरिएको जानकारी दिए।
चारवटा पंखामध्ये एक थान पंखा बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले उपलब्ध गराएका थिए। श्रीवास्तवका अनुसार हरेक वर्ष मन्दिरका लागि केही न केही सहयोग गर्दै आएकोमा यस वर्ष सिलिङ पंखा प्रदान गरिएको हो।
शिक्षा क्षेत्रमा सक्रिय रहेपनि धार्मिक तथा सामाजिक क्षेत्रमा पनि समान महत्वका साथ योगदान गर्दै आएको उनले बताए। साथै, यस्ता धार्मिक तथा सामाजिक कार्यमा अन्य व्यक्तिहरुलाई पनि सामेल हुन आग्रह गरे।



