उपकार सेवा नेपालको सहयोगमा अपाङ्ग व्यक्तिलाई खाद्यान्न सामग्री वितरण

Spread the love

वीरगंज, पर्सा 

श्रावण १२


सामाजिक उत्तरदायित्व अन्तर्गत उपकार सेवा नेपालले वीरगंज महानगरपालिका–७ कुम्हालटोल निवासी ५३ वर्षीय अपाङ्ग सुरज श्रेष्ठलाई खाद्यान्न सामग्री वितरण गरेको छ।

श्रेष्ठलाई लामो समयदेखि लागेको रोगका कारण खुट्टा काट्नुपर्ने अवस्था आएको र हाल उनी शारीरिक रूपमा अत्यन्त कमजोर भई पूर्ण रूपमा अपाङ्ग अवस्थामा जीवन यापन गरिरहेका छन्। अत्यन्तै कमजोर आर्थिक अवस्था भएका श्रेष्ठलाई दैनिक गुजारा चलाउन समेत मुस्किल परिरहेको जानकारी पाएपछि संस्थाले यो सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

उपकार सेवा नेपालले उहाँलाई ३० किलो चामल, दाल, नून, आलु, प्याज, चिउरा, सोयाबिन, खाने तेल लगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्री घरमै पुगेर हस्तान्तरण गरेको हो।

सहयोग कार्यक्रमको नेतृत्व संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले गर्नुभयो। कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी द्रभलादमि श्रवण रायमाझी र रितेश गुप्ताको समेत उपस्थिति थियो।

स्थानीय बासिन्दाहरू र सहभागीहरूले उपकार सेवा नेपालको मानवीय कार्यको खुलेर प्रशंसा गर्दै निरन्तर सामाजिक सेवामा सक्रिय रहन आग्रह गरेका छन्।

Scroll to Top