अर्जुन चौधरी वीरगञ्ज, वैशाख २8 चलचित्र पत्रकार संघ नेपाल पर्साको प्रथम अधिवेशन आइतबार वीरगञ्जस्थित पब्लिक कलेज, पानीटंकीमा सम्पन्न भएको छ। ‘चलचित्र पत्रकारिताको मूल मर्म र व्यवसायिक पत्रकारिताका लागि सञ्चारकर्मको मूल नारा’ भन्ने मूल मन्त्रका साथ सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। कार्यक्रमको अध्यक्षता संघकी अध्यक्ष नीलिमा पौडेलले गर्नुभएको थियो भने अधिवेशनका प्रमुख अतिथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, अतिथिमा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, नन्दु श्रीवास्तव, नवराज भण्डारी र ग्यान्दा एकेडेमीका प्रमुख राजेन्द्र प्रसाद कोइरालाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले चलचित्र पत्रकारिताको…
Author: Arjun Chaudhary
अर्जुन चौधरी विरगंज, पर्सा विरगंज महानगरपालिका अन्तर्गत आदर्शनगरदेखि ६ नं. गेटसम्मको सडक खण्डको सौन्दर्यीकरण कार्यको शनिबार औपचारिक रुपमा शिलान्यास गरिएको छ। मधेश प्रदेशका एमाले सांसद माननीय बिना देवी शर्मा (मारवाडी) को संसदीय विकास कोषबाट विनियोजित ५० लाख रुपैयाँको बजेटमा उक्त सडकखण्डमा पेभर ढलान र दुवै छेउमा नाला निर्माण गरिने भएको छ। शिलान्यास कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद बिना देवी शर्मा (मारवाडी) रहनुभएको थियो। कार्यक्रमको सञ्चालन उपभोक्ता समितिको सक्रियतामा सम्पन्न भएको थियो। उपभोक्ता समिति अध्यक्ष अशोक कुमार तिवारी, उपाध्यक्ष प्रेम कुमार चौरसिया, सचिव अर्जुन प्रसाद गुप्ता र कोषाध्यक्ष सशी रौनियार सहित टोलवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले…
अर्जुन चौधरी बिरगंज, बैशाख २७ भीषण गर्मीले तराईका जिल्लाहरूमा जनजीवन कष्टकर बन्दै गइरहेका बेला बिरगंजमा सर्वसाधारण र यात्रुहरूलाई राहत दिने उद्देश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानद्वारा निशुल्क चिसो पिउने पानी वितरण कार्यक्रम सुरु गरिएको छ। शनिबार बिहान ११:०० बजेदेखि बिरगंजको प्रमुख व्यस्त स्थल घन्टाघर चौकमा सुरु गरिएको कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रममा पब्सन पर्साका अध्यक्ष सरोज चौधरीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी अध्यक्ष मुना कुमारी खनालले गर्नु भएको हो भने उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरि गौतम प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, सचिव लाल बाबु सिंह, सहसचिव अजित भुजेल,…
अर्जुन चौधरी वीरगंज,२७ बैशाख नेपाल इनोभेटिभ सोसाइटी पर्साको आयोजनामा “रक्तदान गरी गरौं जीवनदान” मूल मन्त्रका साथ शनिबार माईस्थान पार्क, वीरगंजमा एक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष तथा समाजसेवी कमल चौगाईंको अध्यक्षतामा तथा पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख गनेश अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल विशिष्ट अतिथि थिए। रक्त संचार केन्द्र वीरगंजका सौरभराज पाण्डे, जितेन्द्र कुश्वाहा, र मनिष गुप्ता लगायतको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ६ जना महिलासहित ५९ जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये अस्मिता थापा, पूजा खत्री, ईसा बराल, समिक्षा लिंका, शोभा बस्नेत र कमल चौगाईं…
अर्जुन चौधरी वीरगञ्ज, पर्सा नेपाल आदिवासी तथा जनजाति पत्रकार महासंघ (फोनिज) पर्सा शाखाको महत्वपूर्ण बैठक शनिबार वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकले संस्थागत सुदृढीकरण, आगामी कार्यक्रमहरू र संगठनात्मक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको अध्यक्षता फोनिज पर्साका अध्यक्ष मुनेश लायो मगरले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा फोनिज मधेश प्रदेश सदस्य शम्भु महतो थारु, फोनिज पर्साका सल्लाहकार जगत राई, पूर्व अध्यक्ष अजित भुजेल , कार्यसमितिका ओम प्रकाश चौधरी , सञ्जय दास थारु , रामकिशोर चौधरी, सन्तोष रंजितकार, अर्जुन चौधरी लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बैठकमा आदिवासी…
वीरगन्ज, बैशाख २६ गरिब, असहाय र पीडित समुदायलाई राहत पुर्याउने उद्देश्यले सञ्चालनमा रहेको वीरगन्ज कपडा बैंकले शुक्रबार ऐतिहासिक स्थल घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। “जो संग धेरै कपडा छ, हामिलाई दिएर जानुहोस्; जसलाई आवश्यक छ, नि:शुल्क लिएर जानुहोस्” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कपडा बैंकले नयाँ तथा पुराना गरी करिब ८५० थान कपडा वितरण गरेको हो। कार्यक्रमको अध्यक्षता वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा वरिष्ठ समाजसेवी तथा अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहनुभएको थियो। कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय, समाजसेवी सतिश सिंह राजपुत, हुकुम सिंह राजपुत, अभिलाष गुप्ता, अर्जुन चौधरी,…
अर्जुन चौधरी वीरगंज, बैशाख २६ वीरगंज महानगरपालिका वडा नं. २१ स्थित परवानिपुर चौकदेखि पश्चिम पटेलनगरसम्मको मुख्य सडक अतिक्रमणमुक्त गरिएको छ। वर्षौंदेखि रोकिएको सडक विस्तार कार्यलाई अघि बढाउने उद्देश्यले नगर प्रमुख राजेश मान सिंहको निर्देशनमा यो कारवाही गरिएको हो। सन् २०७५/०७६ मा पप्पु कन्स्ट्रक्सनलाई सो सडक निर्माणको ठेक्का दिइएको भए पनि लामो समयसम्म काम अघि नबढेपछि ठेक्का रद्द गरिएको थियो। त्यसपछिका वर्षहरूमा सोच्छन्द निर्माण सेवाले सडक खण्डको केही भागमा अवैध रूपमा संरचना निर्माण गरेको पाइएपछि महानगरपालिकाको भौतिक अतिक्रमण नियन्त्रण समितिले हस्तक्षेप गरेको हो। कारवाही अन्तर्गत रामनारायण साह, प्रभु महतो, राजाराम यादव, राजेश महतोलगायत केही व्यक्तिहरुले सरकारी सडक क्षेत्रभित्र बनाएका टहरा र…
अर्जुन चौधरी वीरगञ्ज,वैशाख २५ विश्वभर मनाइने विश्व रेडक्रस दिवसको अवसरमा साउथ जोन जुनियर युवा रेडक्रस सर्कलले मानवता र सेवाको अनुपम उदाहरण प्रस्तुत गर्दै विद्यालय क्षेत्रका अभिभावक, शिक्षक, विद्यार्थी तथा पैदल यात्रुहरूलाई निःशुल्क चिसो सर्वत वितरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा गर्मीले आक्रान्त जनसमुदायलाई शीतलता प्रदान गर्ने उद्देश्यले सयौँ गिलास चिसो सर्वत वितरण गरियो। सो अभियानमा विद्यालयका शिक्षक, विद्यार्थी र युवा रेडक्रस सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको सफल नेतृत्व विद्यालयका वरिष्ठ शिक्षक तथा रेडक्रस सर्कलका सल्लाहकार श्री अर्जुन कुमार बण्ठाले गर्नुभएको थियो। उहाँको सक्रियता, मार्गदर्शन र प्रेरणाले सम्पूर्ण विद्यार्थीहरूलाई मानव सेवामा संलग्न हुन थप उत्साहित बनाएको सहभागीहरूले बताएका छन्। शिक्षक…
वीरगञ्ज वैशाख २५ लागू औषधको दुरुपयोगविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गौतम स्कूलमा लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। विजाम (विज्ञान एवं जीवन अभ्यासन मञ्च) को संयुक्त प्रयासमा गौतम स्कूलको कभर्ड हलमा आयोजित उक्त कार्यक्रम विद्यालयका कक्षा ९ का विद्यार्थीहरूका लागि लक्षित गरिएको थियो। कार्यक्रमको सञ्चालन विजामका सुबोध पौडेलले गर्नुभएको थियो। उहाँले लागू औषधका विभिन्न प्रकार, त्यसको सेवनले निम्त्याउने स्वास्थ्य र सामाजिक असरहरू, दुर्घटना र जीवनशैलीमा पर्ने नकारात्मक प्रभावहरूका बारेमा स्पष्ट जानकारी दिनुभयो। साथै, विद्यार्थीहरूलाई लागू औषधबाट टाढा रहन उत्प्रेरित गर्दै सकारात्मक सोच, स्वस्थ जीवनशैली र समुचित निर्णय क्षमताको विकासमा जोड दिनुभएको थियो। छलफलमुखी ढंगले सञ्चालन गरिएको…
अर्जुन चौधरी वीरगञ्ज, वैशाख २५ सुरक्षित र जिम्मेवार वैदेशिक रोजगारी प्रवर्द्धनका लागि वीरगञ्जस्थित होटल गेटवे, घण्टाघरमा एकदिने अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्रै जाऊ’ भन्ने नारासहित सम्पन्न कार्यक्रमको मुख्य उद्देश्य वैदेशिक रोजगारीमा पीडित श्रमिकहरुको आवाज बुलन्द पार्नु रहेको थियो। कार्यक्रममा वैदेशिक रोजगारीसम्बन्धी सही र विश्वसनीय सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका, वैदेशिक रोजगारीमा जाने क्रममा हुने जोखिम र ठगीका समस्या, साथै सुरक्षित आप्रवासनका उपायबारे विस्तृत छलफल गरिएको थियो। साथै, रोजगारी सूचना केन्द्र सञ्चालनसम्बन्धी जानकारीसमेत सहभागीहरूलाई प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय…
