वीरगञ्ज वैशाख २५ वीरगंज महानगरपालिका वडा नं. ०८ स्थित माईस्थान पछाडिको सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका ठूलो मात्रामा मोबाइल उपकरणहरू सहितको मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ। बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सो स्थानबाट मोबाइलमा प्रयोग हुने हार्ड ग्लास २० प्याकेट र विभिन्न ब्राण्डका ब्लुटुथ एअरपड्स ३७२ थान फेला पारी बरामद गरेको हो। प्रारम्भिक अनुमान अनुसार बरामद सामग्रीको बजार मूल्य करिब रु. ४ लाख ५४ हजार ४ सय बराबर रहेको बताइएको छ। बरामद गरिएको सामग्रीलाई आवश्यक कारबाहीको प्रक्रियाका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका…
Author: Arjun Chaudhary
वीरगंज, बैशाख २५ वीरगंज महानगरपालिकाले बुधबार घर बहाल करसम्बन्धी छलफल गर्दै घरधनीहरूलाई कर तिर्न कानुनी जिम्मेवारीबारे सचेत गराएको छ। छलफलमा घरधनीहरूले कर तिर्ने सहमति जनाएका छन्। महानगर प्रमुख राजेशमान सिंहले कर तिर्ने संस्कारलाई जिम्मेवार नागरिकताको रुपमा विकास गर्न आग्रह गर्दै कर प्रणाली पारदर्शी र समावेशी बनाउन महानगर कटिबद्ध रहेको बताए। नक्सा शाखा र राजस्व शाखाको संयुक्त टोलीले स्थलगत अनुगमन गरी सम्पत्ति अभिलेख अद्यावधिक गर्ने निर्णय भएको छ। नक्सा विपरीत संरचना भेटिएमा कानुनी कारबाही गरिनेछ। छलफलमा अनुपस्थित घरधनीहरूलाई ४८ घण्टे अन्तिम सूचना दिइनेछ भने कानुनी प्रक्रियामा नआए सेवासुविधा बन्द गरिने चेतावनी दिइएको छ। भविष्यमा बहाल सम्झौतामा करसम्बन्धी व्यवस्था समेट्नुपर्ने र भाडामा…
बिरगंज,वैशाख २५ नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाले विश्व रेडक्रस दिवस “मानवताको पक्षमा” (On the Side Of Humanity) भन्ने नाराका साथ भव्य रुपमा मनाएको छ। कार्यक्रमको उद्घाटन शाखाका सभापति बृजकिशोर पटेलले झन्डा तोलन, दीप प्रज्वलन, टीका तथा फुलमालासहित गरेका थिए। उनले रेडक्रसको मानवीय सेवाको महत्वबारे चर्चा गर्दै सबैलाई सेवा भावमा लाग्न प्रेरित गरे। सन् १८६३ मा रेडक्रस अभियानको सुरुवात गरेका संस्थापक जा हेनरी ड्युनाको जन्म दिवसको अवसरमा विश्वभर विविध कार्यक्रमहरू गरिँदै आएको छ। विपद् र संकटका बेला मानव सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको सन्देशलाई अझ सशक्त बनाउन यो दिवस मनाइन्छ। बिरगंज शाखाको कार्यक्रम सभापति पटेलको अध्यक्षतामा सम्पन्न भएको हो भने…
वीरगंज, २४ बैशाख वीरगंज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास र यहाँको पर्यटन प्रवर्द्धनका विषयमा विस्तृत छलफल गरेको छ। छलफलमा महानगर प्रमुख राजेशमान सिंहले महानगर क्षेत्रभित्रका सम्पूर्ण होटल व्यवसाय अनिवार्य रुपमा दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले व्यवसायमैत्री वातावरण बनाउन करको दायरा विस्तार गर्ने तर दर यथोचित बनाइने स्पष्ट पार्दै व्यवसायीहरूलाई सहजता दिने नीति महानगरले लिएको बताउनुभयो। उहाँले घरबहाल र सम्पत्ति कर समयमै तिर्न व्यवसायीहरूको सहकार्य आवश्यक रहेको औँल्याउँदै शहरी सौन्दर्यकरण र पार्क निर्माणका कामहरूले पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो। साथै, ‘एकद्वार सेवा प्रणाली’ मार्फत व्यवसाय दर्ता, कर र सेवाहरू…
अर्जुन चौधरी बैशाख २२, बिरगंज सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा मानव बेचबिखन विरुद्ध जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षण कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। कार्यक्रम बिरगंजस्थित मुन लाइट माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको हो। कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले गरेका थिए। प्रमुख अतिथिका रूपमा वडा प्रहरी कार्यालय बिर्ता, पर्साका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा मुन लाइट माविका प्रिन्सिपल श्याम केसीले सहभागिता जनाएका थिए। कार्यक्रमको सफल संचालन कंचन माविका डाइरेक्टर माटीन मोक्तानले गरेका थिए। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार नन्दलाल राउत, सियाराम नेपाली, अभिलाष गुप्ता, प्रहरी हवल्दार कुमार विक,…
बैशाख २१, वीरगञ्ज वीरगञ्ज, पर्सा — नारायणी अस्पताल, वीरगञ्जमा आकस्मिक कक्ष निर्माणका क्रममा ठेक्का प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) सहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार सार्वजनिक खरिद ऐनको उल्लंघन गर्दै सामग्री खरिद तथा प्रविधिको प्रयोगमा अनियमितता गरी करिब १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको सरकारी सम्पत्तिमा हानि पुर्याइएको पाइएको छ। मुद्दामा नाम उल्लेख गरिएका अभियुक्तहरूमा तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, विभागीय इन्जिनियर याजेन्द्र साह, भानुभक्त अन्सारी, लेखापाल मदनकुमार माजी लगायत अन्य कर्मचारीहरू रहेका छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको…
बारा, फत्तेपुर वैशाख २१ झण्डै एक महिनासम्म आन्दोलनरत शिक्षकहरूले विद्यालय बन्द गरी ठप्प पारेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, फत्तेपुर बारामा अन्ततः घरदैलो तथा भर्ना कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। आन्दोलनको मुख्य मागहरू पूरा भएपछि विद्यालय पुनः सञ्चालनमा आएको छ र विद्यार्थी भर्ना अभियानले तिब्रता पाएको छ। शिक्षकहरूका अनुसार, विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित निकायसँगको सहमतिपछि आन्दोलन अन्त्य भई विद्यालयले पठनपाठन पुनः सुरु गरेको हो। सोही सन्दर्भमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै घरदैलो तथा विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गरिएको छ। घरदैलो कार्यक्रम अन्तर्गत विद्यालयका सम्पूर्ण शिक्षकहरू विभिन्न वडाहरू तथा टोलटोलमा पुगेर विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष संवाद गरेका थिए। शिक्षकहरूले विद्यालयको…
कलैया वैशाख २१ देशकै पुरानो विद्यालयहरुमध्ये एक, श्री ३ चन्द्र मावि, कलैया, बारा जिल्लाको स्थापना गरेका शिक्षा प्रेमी स्व. अमर बहादुर फौजदारको योगदानलाई सम्मान गर्दै विद्यालय परिसरमा उहाँको शालिक स्थापनाको माग तीव्र भएको छ। वि.सं. १९८४ मा कलैयास्थित आफ्नै जग्गामा र छेउछाउको ऐलानी जमिन मिलाएर खरले छाएको घरमा विद्यालय स्थापना गरेका फौजदारले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका थिए। आफ्नै गाउँ गडहलबाट खर र काठ ल्याएर विद्यालय निर्माण गरिएको थियो। स्थापना कालमा अमर सिंह सर र व्यास सरलाई भारतबाट बोलाई विद्यालयको कक्षा सञ्चालन गरिएको थियो भने पछि गिरिजाचरण कण्ठलाई समेत शिक्षकका रूपमा थपिएको थियो। त्यतिबेला राणाकालको कडा नियन्त्रणबीच विद्यालय खोलिएको विषय…
वीरगञ्ज, वैशाख २१ बीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ वडा कार्यालयको आयोजनामा र श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, सोलखपुरको सहकार्यमा सञ्चालित ३५ दिने कम्प्युटर तालिम आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। उक्त तालिममा कुल ३५ जना स्थानीय युवा तथा युवतीहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य स्थानीय युवाहरूलाई सूचना प्रविधिको ज्ञान प्रदान गर्दै स्वरोजगार र रोजगारीका अवसरहरू सिर्जना गर्नु रहेको वडा अध्यक्ष जितेन्द्र यादवले जानकारी दिनुभयो। तालिम अवधिभर सहभागीहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, इन्टरनेट प्रयोग, कार्यालय उपयोगका लागि आवश्यक सफ्टवेयरहरू (जस्तै: एमएस वर्ड, एक्सेल, पावरपोइन्ट) सञ्चालन, टाइपिङ कौशल तथा डिजिटल साक्षरतासम्बन्धी विविध विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो। मधेश स्किल्ल…
बिरगंज, वैशाख २१ मरवाडी समुदायको प्रतिष्ठित खेलकुद कार्यक्रम मारवाडी प्रिमियर लिग (MPL) 2082 का लागि खेलाडी छनोटको लिलामी कार्यक्रम आज बिरगंज-१४ स्थित क्लार्क रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको प्रतियोगिता स्व. श्री सुशील खेतानज्यूको स्मृतिमा समर्पित गरिंदैछ। आगामी जेठ ३ गतेदेखि बिरगंजमा सुरु हुने यो प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आज सम्पन्न लिलामी कार्यक्रममा विभिन्न टिमका मालिक, खेलाडी, पत्रकार र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंहले मरवाडी समुदायले खेलकुदमार्फत सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्दै आएकोमा प्रशंसा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो। कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी,…
