Author: Arjun Chaudhary

वीरगञ्ज, १५ वैशाख  सहकारी तथा वित्तीय संस्थाबाट ठगिएका पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न जुलुस प्रदर्शन गरेका छन्। “सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपाल”को आयोजनामा गरिएको उक्त विरोध कार्यक्रममा सहभागीहरूले “हाम्रो माग पूरा नभए, हामी नाङ्गो हुन पनि तयार छौँ” भन्ने चेतावनी दिएका थिए। प्रदर्शनकारीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित अर्धनग्न अवस्थामै सरकारविरुद्ध चर्का नाराबाजी गरे। उनीहरूले सरकारसँग आफ्नो मेहनतको बचत रकम तत्काल फिर्ता गराउन माग गरेका छन्। सहकारी तथा लघुवित्त संस्थाहरूमा भएको ठगी र अनियमितताका कारण हजारौँ सर्वसाधारणको पैसा फसेपछि उनीहरू लामो समयदेखि आन्दोलनमा छन्। तर, सरकारले अहिलेसम्म ठोस कदम चाल्न नसकेको भन्दै पीडितहरू आक्रोशित भएका…

Read More

वीरगंज, वैशाख १५ सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंज पर्सा तथा आफन्त नेपाल वीरगंज पर्साको संयुक्त आयोजनामा मानव बेचबिखन तथा लैंगिक हिंसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। वीरगंज महानगरपालिका वडा नं. १० मा अवस्थित हरि खेतान बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब २२० जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको विशेष आतिथ्य रहेको थियो भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय…

Read More

बिरगंज, १४ वैशाख प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। सोही अवसरमा बिकन सेकेन्डरी स्कुल, बिरगंजले आइतबार एक विशेष कार्यक्रमको आयोजना गरी स्कुलमा अध्ययनरत बालबालिकाका आमाहरूलाई सम्मान गरेको छ। कार्यक्रम वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा र शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति खनाल प्रतिष्ठान पर्साकी अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका प्रिन्सिपल जय कुमार दनुवार, शिक्षिका रीना बिश्वकर्मा, शिक्षक सुबास भट्टराईलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्कुलका स-साना बालबालिकाहरूले आ-आफ्ना आमालाई खुशी पार्ने उद्देश्यले विभिन्न सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरेका थिए।…

Read More

वीरगञ्ज,वैशाख १४ नयाँ बानेश्वर क्षेत्रमा विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरू र सुरक्षाकर्मीबीच झडप भएको छ। झडपमा परी ६५ जना शिक्षक घाइते भएका छन्। बिहीबार बिहान बिजुलीबजार–नयाँबानेश्वर सडकखण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरूलाई प्रहरीले रोक्ने प्रयास गर्दा अवस्था तनावपूर्ण बनेको हो। प्रहरीका अनुसार शिक्षकहरूले सडक अवरुद्ध गर्दै यातायात तथा सर्वसाधारणको आवागमनमा अवरोध पुर्‍याएपछि न्यूनतम बल प्रयोग गरी तितरबितर पारिएको थियो। गम्भीर घाइतेलाई ट्रमा सेन्टर लैजाने तयारी नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा परी केही शिक्षक गम्भीर घाइते भएको जानकारी दिएका छन्। “अहिले घाइते शिक्षकहरूलाई सिभिल अस्पताल ल्याएका छौँ। अवस्था जटिल भएकालाई यहाँबाट ट्रमा सेन्टर लैजाने तयारी भइरहेको…

Read More

वीरगञ्ज, वैशाख १४ यहाँको स्थानीय सूर्य मन्दिर प्राङ्गणमा पहलगाम, कश्मीरमा भएको निर्मम हत्याको विरोधमा क्यान्डल बालेर २६ जना पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै २ मिनेट मौन धारण गरी पीडितहरूको आत्माको शान्तिको लागि प्रार्थना गरिएको थियो। क्लबका सदस्यहरूले उक्त जघन्य हत्याको कडा निन्दा गर्दै भारत सरकारसँग दोषीहरूलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन्। उनीहरूले कश्मीरलाई भारतको स्विट्जरल्याण्ड जस्तै रहेको र सधैँ पर्यटकहरूको भीड रहने क्षेत्र भएकाले पूर्ण सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। कार्यक्रममा लायन बिमल सर्राफ, लायन मोहम्मद निजामुद्दीन, लायन नारायण रुंगटा, लायन पवन किशोर कुशवाहा, लायन पंकज बरनवाल, लायन अजय हिसारिया, लायन अमित कुमार, लायन…

Read More

वीरगञ्ज, वैशाख १४ पर्सा जिल्लाको बिरगंज महानगरपालिका–२३ सबैठ्वा निवासी स्वर्गीय सुरेन्द्र रामकी छोरी कविता रामको विवाह यही बैशाख २४ गते सम्पन्न हुने तय भएको छ। तर कविता रामकी आमा, सबिता देवी, आर्थिक अभावका कारण विवाह खर्च जुटाउन असमर्थ भएकी थिइन्। यस कठिन परिस्थितिबारे जानकारी पाएपछि उपकार सेवा नेपालकी अध्यक्ष विद्याकुमारी सरावगीको पहलमा विवाहका लागि आवश्यक सम्पूर्ण सामग्री सहयोग प्रदान गरिएको छ। संस्थाको तर्फबाट चामल ६० किलो, दाल २० किलो, पिठो २० किलो, खाने तेल १० लिटर, चिउरा २० किलो, चिनी १० किलो, आलु ३० किलो, प्याज १५ किलो, जीरा, धनियाँ, खुर्सानी, बेसारलगायत मसला तथा बेहुला–बेहुलीका लागि बिवाहको लुगा २ सेट…

Read More

वीरगञ्ज , वैशाख १४ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ। यस अवसरमा सन्तानहरूले आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने परम्परा छ। आफ्नो जन्मदाता आमाप्रति कृतज्ञता व्यक्त गर्ने यो दिनमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। आमा जीवित नभएका व्यक्तिहरूले भने तीर्थस्थल गइ श्रद्धाञ्जली अर्पण गर्ने चलन छ। विशेषगरी काठमाडौँको मातातीर्थमा आज हजारौँ श्रद्धालुहरु पुगेका छन्। सांस्कृतिक तथा पारिवारिक सम्बन्ध सुदृढ गर्ने यस पर्वले आमाप्रतिको माया र सम्मान अभिव्यक्त गर्ने अवसर प्रदान गर्छ। धार्मिक विश्वासअनुसार यस दिन आमाको मुख हेरेर आशीर्वाद लिनाले दीर्घायु र समृद्धि…

Read More

वीरगञ्ज वैशाख १० अन्तर्राष्ट्रिय लायन्स संस्था जिल्ला (३२२ई) अन्तर्गत स्थायी परियोजना (हङ्गर प्रोजेक्ट) अनुसार लायन्स क्लब अफ रक्सौलले असहाय, गरिब तथा दुःखीहरूको सेवा गर्ने संस्था माहेर ममता निवास, आईसीपी रोडमा सबै सेवाग्राहीहरूलाई फलफूल, स्वादिष्ट खाजा वितरण गर्नुका साथै भान्सामा प्रयोग हुने भाँडाकुँडा पनि प्रदान गर्‍यो। सबै लायन्स सदस्यहरूको स्वागत आरती तथा मंगलगान “जोत से जोत जगाते चलो, प्रेम की गंगा बहाते चलो” गीतबाट गरियो। यस कार्यक्रमकै अवसरमा क्लबका कोषाध्यक्ष लायन मोहम्मद निजामुद्दिनको जन्मदिन केक काटी मनाइयो र सबैले उहाँको दीर्घायु तथा मंगलमय जीवनको कामना गरे।सबै सदस्यहरूले मानव सेवालाई नै साँचो परम सुख र धर्म भएको बताउँदै यहाँ आएर विशेष प्रकारको…

Read More

पर्सा, वैशाख १३ १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत घन्टाघर चौक, वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि महासंघ मधेश प्रदेशका स-इन्चार्ज अर्जुन चिमोरिया रहेका थिए भने विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रिजकिशोर पटेल, प्रभाकर गुप्ता, बेनि प्रसाद तथा सचिव कृष्ण प्रसाद पुडासैनीको उपस्थिति रहेको थियो। कार्यक्रम महासंघ प्रदेश अध्यक्ष केदार देवको अध्यक्षतामा सम्पन्न भएको हो। नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा १ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा सरुना नेसा,…

Read More

बिरगंज, बैशाख १३ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा छपकैया वडा नं. २ स्थित छटघाट धर्मशालामा शनिबार एक बृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ। कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा वीरगंज महानगरपालिकाका उप–मेयर इम्तियाज आलम सहभागी थिए। शिविरको विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, शस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल तथा वडा अध्यक्ष रियाज मिया तेली रहेका थिए। शिविरमा बिरगंज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीको विशेष सहयोग रहेको थियो। शिविरमा १४९ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमा…

Read More