वीरगञ्ज वैशाख, १२ बाराको सिम्रौनगढमा आज (शुक्रबार) सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरबृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए । तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन् । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औधोगिक हबछ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसंग विभेद किन गरेको ?’ आजपा…
Author: Arjun Chaudhary
वीरगन्ज, १२ बैशाख वीरगन्जबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ। भारतबाट अटोमार्फत तस्करी गरी ल्याउँदै गरिएको ४८० डब्बा न्युट्रिक्योर क्याप्सुल सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका–२४, रामगढवास्थित सडकबाट बरामद गरेको हो। बरामद औषधिसँगै ना २ स १०१७ नम्बरको अटोका चालक वीरगन्ज–२५ सिर्सियाका ३६ वर्षीय अमृत साह कानुलाई समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) देबेन्द्र बहादुर सिंहले जानकारी दिए। साथै तस्करीमा संलग्न रहेका भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकलहरू पनि नियन्त्रणमा लिइएको उनले बताए। बरामद औषधिको मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको छ भने अटो र मोटरसाइकलहरूको मूल्य ६ लाख रुपैयाँ आँकलन…
वीरगञ्ज , वैशाख ११ मकवानपुर प्रहरीले हेटौँडा–१५ रातोमाटेस्थित चेकप्वाइन्टबाट ४ लाख रुपैयाँभन्दा बढीको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार बिहान साढे ९ बजे पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रातोमाटे चेकप्वाइन्टमा सवारी जाँचको क्रममा ट्रामाडोल क्याप्सुल लुकाई राखिएको अवस्थामा फेला परेको हो। पक्राउ पर्नेमा बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र २३ वर्षीय सह–चालक सुनिल पटेल रहेका छन्। उनीहरू मधेस प्रदेश नम्बर ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीमा बाराको सिम्रौनगढबाट हेटौँडातर्फ जाँदै थिए। प्रहरीको टोलीले शंका लागि गाडी जाँच गर्दा अगाडिको इन्जिन भागमा लुकाइएको ५ हजार ७५० थान ट्रामाडोल क्याप्सुल बरामद भएको हो।…
काठमाडौं, वैशाख ११ आम जनता पार्टी (आजपा)की नेतृ रञ्जु दर्षना साहले नेकपा (एमाले)को सडक प्रदर्शनलाई सत्ता र सडक दुवैबाट गरिएको तमासा भन्दै कडा आलोचना गरेकी छन्। आज कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै नेतृ साहले वर्तमान सरकार जनताको समस्या, आवश्यकता र मागप्रति बेखबर रहेको आरोप लगाउँदै भनिन्, “असफल भइसकेको सरकारले जनताको पीडाबारे कुनै चासो लिएको छैन। उल्टै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सत्तामा बसेर पनि सडकमा तमासा गरिरहेको छ।” उनले एमालेले आज भृकुटीमण्डपमा आयोजना गरेको ‘युवा सेलिब्रेसन’ कार्यक्रमप्रति प्रश्न उठाउँदै भनिन्, “यो शक्ति प्रदर्शन कसका बिरुद्धमा हो? सत्तामा बसेर सडकमा यस्ता तमासा गर्नु लोकतन्त्रको अपमान हो। कांग्रेससँग…
बिरगंज— बिरगंज बचत तथा ऋण (बिस्को) सहकारी संस्थाको २७औँ वार्षिक उत्सवको अवसरमा बिहीबार लिंकरोडस्थित बिस्को भवनमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले आतिथ्य सम्हालेका थिए भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रह्यो। कार्यक्रममा ४ महिला सहित कुल ४० जना स्वयंसेवकले रक्तदान गरे। दिपेश कार्की, प्रमानन्द कृष्ण, नागेन्द्र साह, रामबिलाश महतो, स्मित सिंह लगायत दर्जनौं रगतदाताले आफ्नो रगतले जीवन बचाउन योगदान पुर्याए। बिरगंज रक्तसञ्चार केन्द्रकी प्राविधिक दिलमाया घिमिरे र समिम आलमको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। उद्घाटन पूर्व एसपी मिश्रले रक्तदानलाई…
वीरगञ्ज, ११ बैशाख भारतको जम्मु कश्मीरको पहलगामस्थित बैसरन घाटीमा मङ्गलवार भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति वीरगञ्जमा श्रद्धाञ्जली अर्पण गरिएको छ। सनातन हिन्दु समाजको आयोजनामा बुधबार वीरगञ्जको गहवामाई मन्दिर परिसरमा आयोजित विशेष श्रद्धाञ्जली सभामा विभिन्न हिन्दुवादी संघ–सङ्गठनका अगुवा तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले उक्त बर्बर हमलाको कडा निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको थियो। कार्यक्रममा राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादले आतङ्कवादीहरूले हिन्दु धर्मावलम्बीलाई लक्षित गरी छानीछानी हत्या गरेको आरोप लगाउँदै यस्तो निन्दनीय कार्यविरुद्ध अन्तर्राष्ट्रिय समुदायले कडा कदम चाल्नुपर्ने धारणा राखे। उनले भने, “घुमघामका लागि पुगेका निर्दोष…
वीरगञ्ज, १० बैशाख राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल) ले आयोजना गर्न लागेको “राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” का लागि मधेस प्रदेशबाट पाँच जना फोटो पत्रकार मनोनयनमा परेका छन्। बुधबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत आठ विधा र सातै प्रदेशका लागि उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरिएको हो। मधेस प्रदेशतर्फबाट अन्नपूर्ण पोस्ट दैनिकका दिवाकर भण्डारी, द हिमालयन टाइम्सका पर्सा राम सर्राफ, नयाँ पत्रिकाका तिवारी यादव, राससका अर्मेन्द्र कुमार यादव तथा चन्द्रदेव साह मनोनयनमा पर्न सफल भएका हुन्। यस वर्ष अवार्ड दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता गरी आठ विधामा प्रदान गरिनेछ।…
वीरगञ्ज, ९ वैशाख बाराको अमलेखगन्जबाट काठमाडौं जाँदै गरेको टाटा सुमोमा प्रहरीले लागूऔषध फेला पारी एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्ने मा सुमो चालक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ का २४ वर्षीय मुमताज मियालाई मंगलबार बिहान पक्राउ गरिएको हो। मधेश प्रदेश ०३-००१ ज ४५१ नम्बरको टाटा सुमो हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटेमा चेकजाँच गर्ने क्रममा उक्त सुमोबाट वानरेक्स नामक नियन्त्रित लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार सुमोको हुडको भागमा स्पेयर टायर राखी, टायर भित्र प्वाल पारी लुकाई राखिएको अवस्थामा वानरेक्स १०० एमएलका २२५ बोतल फेला परेका हुन्। लागूऔषधसहित सुमो चालक पर्सा जिल्लाको बहुदरमाई नगरपालिका-९ का २४ वर्षीय…
बैशाख ०८, वीरगञ्ज सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेडक्वाटर, उत्तरझिटकैया, बारामा एकदिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालको १८औं स्थापना दिवसको अवसरमा आयोजित यस शिविरमा किरण आँखा अस्पतालको प्राविधिक सहयोगमा करिब ९० जना सुरक्षाकर्मीहरूको आँखाको परीक्षण गरिएको थियो, जसमा १० जना महिला सुरक्षाकर्मीहरू पनि सहभागी थिए। शिविरमा नेत्र विशेषज्ञ डा. ज्योति कर्ण र पुष्पा सराफको नेतृत्वमा नेत्र सहायकहरू कमलेश महतो, विकास मण्डल तथा रामबाबु चौरसियाले प्राविधिक सेवा प्रदान गरेका थिए। किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालका अनुसार परीक्षणपछि आवश्यक पर्ने औषधिहरू समेत निःशुल्क रूपमा वितरण गरिएको हो। सशस्त्र प्रहरी बलका एक सुरक्षाकर्मीले यस्तो प्रकारको…
बैशाख ७, बिरगंज पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१४ स्थित श्री गौतम सेकेन्डरी स्कुलमा ट्राफिक सम्बन्धी सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका ट्राफिक प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक (सप्रनानि) गुननिधि खकुरेलको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। प्याब्सन पर्सामा आबद्ध सम्पूर्ण सवारी चालक तथा सहचालकहरूलाई लक्षित गरी संचालन गरिएको कार्यक्रममा ट्राफिक नियम, सडक सुरक्षासम्बन्धी सावधानी, चालकले अपनाउनुपर्ने व्यवहार र ट्राफिक दुर्घटना न्यूनीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो। गौतम सेकेन्डरी स्कुलका संचालक सोनम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्राफिक प्रहरी हवल्दार राजकुमार गोलेको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको सभाहलमा आयोजित प्रशिक्षण सत्रमा सहभागीहरूले ट्राफिक नियमहरू,…
